उपयुक्त चरन क्षेत्रले मह उत्पादनमा बृद्धि


खेमराज गौतम, बागलुङ

पछिल्लो समय मौरी चरन क्षेत्रको हब बन्दै गएको बागलुङमा ललितपुरबाट मौरी चराउन आउनुभएका धर्मराज श्रेष्ठले चरन क्षेत्रमा राखेका मौरीका घारबाट एक हप्तामै तीन लाख बढीको मह उत्पादन गर्नुभयो ।

उहाँले कुँडुले फाँटमा एक हप्ता मात्रै सय मौरीका घार चरणका लागि रखेर तीन सय केजी मह उत्पादन गर्नुभयो । प्रतिकेजी महको मुल्य रु. एक हजार २०० मा विक्रि गर्ने श्रेष्ठको मह काड्ने शिलशिला हप्ता–हप्तामा हुन्छ ।

उपयुक्त चरन क्षेत्रका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा अहिले पहेरलपुर तोरी छ । तोरी र उपयुक्त हावापनीका कारण यहाँ महको उत्पादन दोब्बरले बढेको मह उत्पादक किसान श्रमराज श्रेष्ठले बताउनुभयो । श्रेष्ठाले एक हप्ता अघि मात्रै मौरी चराउनका लागि ललितपुर महानगरपालिका–२४ धापाखेल स्थित माउण्टेन मौरी कन्सनमा रहेका मौरी सहितका घार कुडुँले फाँटमा ल्याउनुभएको थियो ।

“महको व्यवसायिक घार र प्रविधिको प्रयोगले मह काढिन्छ, उपयुक्त हावापानी र राम्रो चरन क्षेत्रका कारण मह उत्पादनमा दोब्बर वृद्धि हुन्छ, अहिले कुडुँले फाँटमा सय घार मौरी चराउनका लागि एक हप्ता अघि ल्याएको थिए, एक हप्तामा ३०० केजी मह उत्पादन भयो, यसको बजार मुल्य तीन लाख ६० हजार पर्दछ, मौरीको ढुवानी र आउन जान खर्च भएपनि चरन क्षेत्र राम्रो हुँदा निकै फाइदा भयो” श्रेष्ठले भन्नुभयो “अझै दुई पटक मह काढ्न सकिन्छ, त्यसपछि यहाँका घार पुन अर्को स्थानमा पु¥याउने हो, यही तोरी फुलेको सिजनमा सय घार मौरीबाट १० लाख कमाउन सकिन्छ, मौरीको चरन क्षेत्र राम्रो भएकाले एक महिनामै तीन पटक महको उत्पादन गर्न सकिन्छ ।”

महको चाकालाई असर नपर्नेगरी मह निकाल्दा माहुरीले छिटो मह उत्पादन गर्ने मक किसानको अनुभव छ । राम्रो संग फष्ठाएको घारमा एकै पटकमा १० केजी सम्म मह उत्पादन भएको श्रेष्ठको अनुभव रहेको छ । श्रेष्ठले स्थानीयलाई समेत मौरीको व्यावसायिक उत्पादनका लागि प्रेरणा दिनुभएको छ । कुडुँले फाँट र म्याग्दीको रत्नेचौर फाँट अहिले तोरीका कारण प्रख्यात बनेपछि तोरीको बहुउपयागीताका लागि मौरी चरन क्षेत्रका रुपमा लिइएको म्याग्दी चिम खोला घर भई हालै मात्र मौरी पालन व्यवसायमा लागेर मह उत्पादन कार्य अवलोकन गर्न बागलुङको कुडुँले फाँटमा आउनुभएको डविन पुनले बताउनुभयो ।

पुनले हालैबाट ३१ मौरी सहितका घार खरिद गरेर म्याग्दी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा चराउनका लागि राख्नुभएको छ । “म नयाँ किसान हुँ कुडुँले फाँटमा अहिले ललितपुरबाट मौरी चराउन ल्याइएको थाहा पाएपनि सिक्नका लागि यहाँ आएको छु, मैले ३१ घार मौरी अहिले रत्नेचौर तोरी बारीमा राखेको छु” पुनले भन्नुभयो “२०५१ सालदेखि मौरीपालन गदै आउनुभएका ललितपुरका धर्मराज श्रेष्ठले कुडुलेमै मौरीपालनका धेरै कुरा सिकाउनुभयो, उपयुक्त हावापानी र चरन क्षेत्र राम्रो भएमा मह उत्पादनबाट मनग्य आम्दानी गर्न सकिने रहेछ ।”

मौरीपालन व्यवसायका लागि पहाडी जिल्ला उपयुक्त बन्दै आएको र तोरी फुल्ने समयमा महको राम्रो उत्पादन हुँने भएकाले अहिले बागलुङ सहित एक दर्जन जिल्लामा आफ्ना मौरी चरनका लागि पठाइएको मह किसान धर्मराज श्रेष्ठले बताउनुभयो ।

२०५१ सालबाट मौरीपालन व्यवसायमा लाग्नुभएका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजार भन्दा बढी मौरी सहितका घारहरु समेत विक्रि गर्दै आउनुभएका श्रेष्ठले प्रति मौरी सहितको घारलाई १२ हजारमा विक्रि गरेको जानकारी दिनुभयो ।

झण्डै एक हजार २०० मौरीका घार रहेको माउन्टेन मौरी कन्सनले पहाडी जिल्लामा चरणका लागि यो याममा मौरीका घार पठाउने गरेको छ । पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घारहरु पु¥याउने योजना अनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले जानकारी दिनुभयो ।

मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिदै आएको पाइन्छ । मौरीलाई आहारा पाइने र शान्त बतावरण भएका ठाँउहरुमा लाने गरेको मौरीपालन किसानहरुले बताउदै आएका छन् ।

माउन्टेन मौरी कन्सनले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफुले व्यावसायिक प्रायोजनका लागि एक सय मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा आएको जनाएको छ । रातको समयमा मौरीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने मौरी किसान धर्मराज श्रेष्ठ बताउनुहुन्छ ।

“पहाडी क्षेत्रमा चरेका मौरीको मह आर्गानिक र स्वस्थकर मानिने गरेको छ, आफुले उत्पादन गरेको मह जापान निर्यात हुन्छ, बागलुङमा मौरीपालनको व्यवसाय फष्ठाउने संभावना रहेछ, आगमी वर्ष समेत मौरी चराउन यही ल्याउने योजना बनाएको छु” उहाँले भन्नुभयो “फलफूल तथा बनस्पतीको फूल फुल्ने समय मौरीपालनका लागि उपुक्त मानिन्छ, अहिले तोरी फुल्ने सिजनमा मह निकाल्न चरनका लागि विभिन्न जिल्लामा पठाइएका घार सम्म पुग्न र मह निकाल्न व्यस्त छु ।”

उहाँले बागलुङ जिल्लामा पहिलोपटक मौरी लिएर आएको भएपनि अहिले हाम्रो मौरीका घार सिन्दुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडण्माडौको विभिन्न स्थानमा पु¥याएको जानकारी दिनुभयो । मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसंग न्युतम भाडादरमा समझदारी गरिने श्रेष्ठको भनाई छ ।

माउन्टेन मौरी कन्सनले मौरी सहितका घारहरु विक्रिबाट मह भन्दा बढी फाइदा हुने बताउदै प्रतिघारलाई १२ हजारमा विक्रि गरिएको जानकारी दिनुभयो । बागलुङमा मौरीपालन व्यवसाय फष्टाउदो क्रममा रहेको सन्र्दभमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रुपमा समेत लिन थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *