आदर्शद्वारा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीले संस्थाका कार्यालय सहायक रमा कार्कीलाई सुत्केरी भेटघाट तथा पोषण भत्ता वितरण गरेको छ ।

आदर्श सञ्चार सहकारीको कार्यालय सहायको रुपमा कार्यरत कार्कीलाई एक महिना अघि पुत्र लाभ भएको हो ।

सहकारीले संस्थामा कार्यरत महिला कर्मचारी सुत्केरी हुँदा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान गर्दै आएको छ । संस्थाका प्रबन्धक दिपकराज सापकोटा र सह–सम्पादक खेमराज गौतम सुवासले कार्कीलाई घरमै पुगेर पोषण भत्ता स्वरुप रु. तीन हजार र छोरा जियान्स कार्कीकोे दीर्घकालिन बाल बचत खाता सञ्चालनका लागि रु. एक हजार प्रदान गरिएको हो ।

कार्कीलाई काठेखोला गाउँपालिका–७ रेश निवासमै पुगेर सुत्केरी भेटघाट तथा पोषण भत्ता वितरण गरिएको हो । आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसँगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *