बरेङमा प्रहरी चौकी भवनका लागि स्थानीयले दिए निुशल्क जग्गा

आदर्श अनलाइन,बागलुङ

जिल्लाका बरेङ गाउँपालिकामा प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले निुशल्क जग्गा प्रदान गरेका छन् ।

बरेङ गाउँपालिकामा भवन निर्माणका लागि स्थानीय दधिराम शर्माले वडा नम्बर २ सुदलामा रहेको पाँच रोपनी ३ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । शर्माले बिहिबार जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुखलाई जग्गाको लालपुर्जा समेत हस्तान्तरण गर्नुभएको हो ।

गाउँ घरमै प्रहरी चौकी बन्दा स्थानीयले सहज रुपमा शान्ति सुरक्षा पाउन सक्ने भएकाले निशुल्क रुपमा जग्गा उपलब्ध गराएको जग्गादाता शर्माले बताउनुभयो । गाउँपालिकाको उपर्युक्त स्थानमा प्रहरी चौकी भव नहुँदा प्रहरी र नागरिकले धेरै सकस र सास्ती बेहोर्नु पर्ने अवस्था भएकाले लामो पहल र प्रयास पछि जग्गा व्यवस्थापन गर्न सफल भएको नेकपा बरेङ गाउँपालिकाका अध्यक्ष प्रदिप थापाले बताउनुभयो ।

जिल्लाका चार स्थानमा प्रहरी चौकी स्थापना हुने तय भएको छ । तर अन्य तीन स्थानमा अझै पनि जग्गा व्यवस्थापन हुन सकेको छैन । सरकारको गाउँपालिका तथा नगरपालिकाको पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार बागलुङको चार स्थानमा प्रहरी चौकी स्थापना हुन लागेको हो । जिल्लाको निसीखोला गाउँपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिका वडा नम्बर ६ पञ्चकोटमा स्थापना हुने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानाकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *