बागलुङमा बागी विमर्श हुने

आदर्श अनलाइन, बागलुङ
लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईद्वारा लिखित लेखक खगेन्द्र संग्रौलाको जीवनी ʿएक बागीʾ पुस्तकमाथि बागलुङमा विमर्श हुने भएको छ। नयाँ विश्वले आज बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि एक बागीʾ पुस्तकमाथि बागलुङमा विमर्श गर्न लागेको जनाएको हो ।

नयाँ विश्वको आयोजना र बेला पब्लिकेशन संयोजनमा यही माघ २३ गते विद्यामन्दिर माध्यामिक विद्यालयको सभा हलमा पुस्तकमाथि परिचर्चा र संम्वाद कार्यक्रम गर्न लागेको नागरिक संचार प्रालिद्धारा संचालित नयाँ विश्वका अध्यक्ष माधव शर्माले जनाकारी दिनु भयो ।

विगत पाँच दशकदेखि साहित्य,अखबारी लेखन र अनुवादमा कलम चलाउदै आएका संग्रौलाको जीवनी ʿएक बागीʾ पुस्तकमाथि लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईले अन्तरंग कुराकानी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पुस्तकमाथि साहित्य प्रेमी र पाठकहरुले लेखक खगेन्द्र संग्रौलासँग आफ्नो प्रश्न र जिज्ञासा राख्ने कार्यक्रम तय भएको पत्रकार भेटघाटमा नागरिक संचार प्रा।लि।द्धारा संचालित नयाँ विश्वका उपाध्यक्ष सुभाशचन्द्र राजभण्डारीले बताउनु भयो ।

माघ २३ दिनको १२ः३० बजे बागलुङ नगरपालिका वडा नं ३ राधाकृष्ण टोलमा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयको सभा हलमा कार्यक्रम हुने भएको छ । कार्यक्रमको लागि आवश्यक तयारी पुरा भएको नयाँ विश्वको सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्यले यस्ता खालका कार्यक्रमले लेखक र पाठकबिच सम्बन्ध प्रगाढ बनाउन मद्धत गर्ने बताउनु भयो । नागरिक संचार प्रा।लि।द्धारा संचालित नयाँ विश्वका अध्यक्ष माधव शर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गर्नु भएको थियो ।

सरल र चोटिलो, तिव्र आलोचनासहित सधै भरि सत्ताको विपक्षमा तिखो कलम चलाउदै आएका संग्रौलाका धेरै समर्थक र विरोधी छन् । उनको भाषामा धेरैतिरको मिश्रण भए पनि पूर्वेली ठेट नेपाली भाषाको स्वाद पाइन्छ ।

लेखक उज्ज्वल प्रसाईँले संग्रौलाको ‘एक बागी खगेन्द्र संग्रौलाको साधना र संङ्घर्ष’ पुस्तकमा लेखक संग्रौलाको जीवनको आरोह–अवरोहलाई नेपाली समाजलाई हेर्ने आँखी झ्यालको रुपमा प्रस्तुत गरेका छन् ।
लेखक उज्वलको वुझाइमा संग्रौलाको एक बागी किताब होइन, बरु खगेन्द्र संग्रौला यस किताबका विषय हुन् ।

उनका समकालिन साथीहरुले पनि ‘एक बागी’मा उज्ज्वलले खगेन्द्र संग्रौलालाई माध्यम बनाएर नेपाली समाजले छिचोलेका विभिन्न घुम्तीका कथा भन्न खोजेका छन्।

सत्तामाथि सधैं प्रश्नका वाण तेर्स्याउने संग्रौलाको विचारसंग अनेक विमति हुँदाहुँदै पनि उनले प्रश्न गर्न सिकाएको राजनैतिक र साहित्यका विश्लेषकहरु बताउछन् । ४ सय ७६ पृष्ठको संग्रौलाको जीवनी बेला पब्लिकेशनले प्रकाशित गरेको हो । किताबको मूल्य ९ सय ४५ रुपैयाँ राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *