स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताउनुभएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले आत्मनिर्भरका आफूले प्रयोग गरिने बस्तुहरुको अवलोकन गर्नका लागि आग्रह गर्दै स्थानीय उत्पादनहरुको प्रयोगलाई बढाउदै लैजान सके मात्र आत्मनिर्भरको बाटोमा नेपाल जान सक्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा समेत पुष्पखेति फष्ठाउदै आएकाले नेपालमा उत्पादन भएको फुलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले देशमै उत्पादन भएका बस्तुको प्रयोग गर्नका लागि सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपाल हासिल गर्न सकिने बताउनुभयो ।

सार्वजनिक कार्यक्रममा एक घण्टा भन्दा बढी खर्च नगर्ने निर्णय लिएको छु, कार्यक्रममा प्रयोग भएका माला तथा खादाहरु स्वदेशी मात्रै प्रयोग गर्न आयोजकहरुलाई भन्दै आएको छु, लायनहरु व्यावसायिक हुन्छन्, आत्मनिर्भरका लागि देशमै उत्पादन भएका बस्तुको प्रयोगमा जोडि दिऔं” अधिकारीले भन्नुभयो “आत्मनिर्भरका लागि आयतमा रोक लगाउने हैन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो ।”

अधिकारीले सर्वाजनिक कार्यक्रममा धेरै समय खर्च गर्दा जनताको अन्यकाममा बाधा पुग्ने बताउदै सार्वजपनक कार्यक्रमलाई छोटो बनाउन आयोजकहरुलाई आग्रह गर्दै आइराखेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजनाहरु ल्याउन थालेको बताउदै लायनहरुसंग सहकार्य गर्दै प्रदेश सरकारका योजना अगाढ िबढाउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *