प्रेस चौतारीको स्थापना दिवस : बागलुङका तीन पत्रकार पुरस्कृत


आदर्श अनलाइन, बागलुङ

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बागलुङका तीन पत्रकार पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले स्थापना गरेको ‘प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार’बाट तीन जना पत्रकार पुरस्कृत गरिएको हो ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिल बहादुर थापा मगरले स्थापना दिवसकार अवसरमा एक कार्यक्रमका बीच जिल्लाका अग्रज पत्रकार दिल शिरिष, खिम कार्की र उमाकान्त शर्मालाई नगद रु. १० हजार नगद सहित पुरस्कृत गरिएको हो ।

वर्षेनी प्रदान गर्ने पत्रकारिता पुरस्कार कोरानाका कारण रोकिएकाले तीन वर्षको एक मुष्ठ तीन पत्रकारलाई प्रदान गरिएको हो । कोषको २०७७ सालको पुरस्कारबाट दिल शिरिष, २०७८ सालको पुरस्कारबाट खिम कार्की र २०७९ सालको पुरस्कारबाट खिम कार्की पुरस्कृत हुनुभएको छ ।

रु. एक लाखको कोषबाट प्राप्त ब्याजको रकमबाट वर्षेनी रु. १० हजारका दरले एक जना पत्रकार पुरस्कार प्रदान गर्ने कार्यक्रम अन्र्तगत तीन वर्षको पुरस्कार तीन पत्रकारलाई प्रदान गरिएको गरिएको प्रेस चौतारी बागलुङका अध्यक्ष नविन शिशिर बिकले जानकारी दिनुभयो ।

बिकले चौतारीमा रहेर पत्रकारितामा क्रियाशिल, नरन्तरता र जेष्ठताको आधारमा पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य लिल बहादुर थापा मगरले प्रेस जगतले जनताको यथार्थ कुरा बाहिर ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका इन्चार्ज तथा गण्डकी प्रदेशसभा सदस्य गोबिन्द बहादुर नेपाली, नेकपा एमाले सचिवालय सदस्य अम्मर बहादुर थापा, प्रेस चौतारीका केन्द्रिय सदस्य तारानाथ आचार्य, पुरस्कृतको तर्फबाट दिल शिरिष, नेपाल पत्रकार महासंघका सचिव बिजय राना र पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश छन्त्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, उपाध्यक्ष सृजना पन्तको स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *