आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ निवासी सरस्वती थापाले ५८ वर्षको उमेरमा नागरिकता पाउनुभएको छ ।
गलकोट नगरपालिका–७ वडा कार्यालयको समन्वय तथा स्थानीय ललिता थापाको पहलमा आज जिल्ला प्रशासन कार्यालयबाट ५८ वर्षको उमेरमा सरस्वती थापाले नागरिकता प्राप्त गर्नुभएको हो ।
नागरिकता लिनुपर्छ भन्ने चेतनाको अभावले अहिले सम्म नागरिकता नलिएको पाएपछि मल्म वडा कार्यालयको सिफरिसमा बागलुङ बजार ल्याएर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिइएको गलकोट नगरपालिका–७ मल्मका वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो ।
“निर्वाचनका क्रममा मत माग्न जादा मेरो नागरिकता छैन भन्नुभएको थियो, पछि नागरिकता बनाउन आउनु भन्दा समेत आउनुभएन, अहिले आफैले समन्वय गरेर नागरिकता दिनका लागि जिल्ला प्रशासन पठाएको थिए” थापाले भन्नुभयो “नागरिकता नुहँदा राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बन्चित हुनुपर्दछ भन्ने समेत चेतना अभावका कारण नागरिकता बिहिन थापाले नागरिकता पाउनुभएको छ ।”
नागरिकताको महत्व नबुझ्दा नागरिकता बिहिन हुनुभएका थापालाई आफ्नो सहयोगमा जिल्ला प्रशासन कार्यालय बागलुङबाट नागरिकता दिइएको स्थानीय समाजसेवी ललिता थापाले बताउनुभयो ।
आर्थिक रुपमा विपन्न परिवारमा रहनुभएको सरस्वती थापाले नागरिकता बनाउन सदरमुकाम समेत आउन नमानेपछि आफ्नै पहलमा ल्याइएको बताउनुभयो ।
“नागरिकता चाहिन्छ बनाउनु पर्दछ भन्दा उहाँले जिल्ला सदरमुकाम जानु पर्दछ भन्नु हुन्थ्यो, त्यसैले मैले आफै ल्याएर उहाँलाई नागरिकता दिलाउन सहयोग गरे, नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता देखि अन्य राज्यले प्रदान गर्ने सेवा सुविधा पाइन्छ” उहाँले भन्नुभयो “यस अघि पनि आफूले मल्मका धेरै महिला दिदिबहिनीहरुको नागरिकता बनाउन सहयोग गरेको थिए, यहाँ अझै केही नागरिकता बिहिन छन् उनिहरुमा नागरिकताको महत्व थाहा छैन, उनिहरुलाई अहिले वडा कार्यालयले नागरिकता बनाउनका लागि सहजीकरण गरिरहेको छ ।”
नागरिकता विहिन भएका महिलाहरुको नागरिकता बनाउन उहाँको परिवारले आफै पहल गर्न सके सहज हुने बताउनुभयो ।
बुढेसकाल लाग्ने बेलामा नागरिकता पाउदा आफु दंग परेको ५८ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको सरस्वती थापाले खुसी व्यक्त गर्नूभयो ।
“नागरिकता हुँदा के हुन्छ नहुँदा के हुन्छ भन्ने मलाई थाहा छैन, पहिला नागरिकता बनाउन पर्दछ भनेर कसैले भनेनन् ताराखोला माइतमा समेत नागरिकता बनाइएन” उहाँले भन्नुभयो “नागरिकता भएपछि उमेर पुगेपछि वृद्ध भत्ता पाइन्छ रे, भोट हाल्न समेत पाइन्छ रे, वडा कार्यालय र ललिता थापाले भनेपछि आफू उहाँहरु संगै आएर नागरिकता पाए, खुसी छु ।”
थापाले नागरिकता नभएकै कारण अहिले सम्मका निर्वाचनमा मतदानबाट समेत बन्चित हुनुपरेको गुनासो गर्नुभयो ।
बि.स.२०२१ चैत्र २७ गते ताराखोलामा जन्मनुभएको थापालाई प्रहरीले माइतमा रहेका दाजुभाई बीचको उमेर भिन्नतालाई आधार मानेर नागरिकताका लागि कागजात तयार गरेर सिफारिस समेत गरिएको थियो ।