किसानको सकस, सडक आन्दोलन र सरकार

सम्पादकीय/ पुरानो व्यवस्था बदलियो, नयाँ व्यवस्था आयो । राजतन्त्रात्मक शासन व्यवस्था बदलेर गणतन्त्रात्मक शासन व्यवस्थाआयो । पुराना पात्रहरु बदलिए, मुलुकको शासन व्यवस्थामा नयाँ पात्रहरु आए । तर, नेपाली समाजमा किसानहरुको समस्या, व्यथा फेरिएन । आजको दिनमापनि सबै भन्दा बढी समस्या र मारमाकिसान छन् । उनीहरुको वर्षौदेखिको दुःख, पीडा, सकस त फेरिएन नै, आजको उन्नत व्यवस्थामा अभ mथप पीडा र सास्ती भोग्नु परिरहेको छ । र त आफैले महिना र वर्षभर दुःखजिलो गरेर उब्जाएका कृषिउपजहरु बिक्री गरेर आय आर्जन होइन, मुल्य नपाएर कौडीको भाउमा बिक्री गर्नुपर्ने बाध्यता छ । यस्तो दुर्भाग्यपूर्ण परिस्थिति आए पछि किसानहरुले आफुले उब्जाएका कृषिउपज सडकमा फ्याकेर आन्दोलित भइरहेका छन् ।

गत साता िचतवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरे । भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै शुक्रबार नारायणगढ सडकमा छ वटा ट्याक्टरम ाल्याएका टमाटर, काउली, बन्दा, फर्सि, मेवा, केराउ लगायतका तरकारी सडकमा फालेर आन्दोलनमा उत्रिए । बारीमा जाउँ भविष्य छैन खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइदैन, विदेशी तरकारी तथा फलफुल चाहिँदैन लगायतका नारा सहित किसान सघर्ष समिति नै बनाएर आन्दोलन गरे । मंगलबार मात्रै झापाका कुखुरापालक किसानले पूर्व पश्चिम राजमार्गमा झन्डै पाँच हजार अन्डा फुटाए । सँगै उनीहरूले आन्दोलन स्वरूप सडकमै झन्डै तीन सय कुखुरा पनि छाडे । यसरी आन्दोलित हुनुमा कुखुरापालन व्यवसायमा बिचौलिया हाबी भएको र राज्य मूकदर्शक बनेको आरोप किसानको छ । उत्पादित वस्तुले बजार नपाउँदा सडकमा फाल्नु पर्ने अवस्थाकिन र कसरी आइरहेको छ ? खेतबारी र फर्ममा तरकारी, कुखुरा उत्पादन भैरहेको छ तरबजारमाबिक्रीनहुनु र उपर्युक्त मुल्य नपाउने परिस्थितिमा सरकार र यसका निकाय किन मुकदर्शक बनिरहेका छन् ?

देशमा परनिर्भरता बढ्दो छ । बाहिरबाट आयात गरेर दैनिकी जीविका चलिरहेको अवस्था छ । उत्पादनमा भन्दा बढी विदेशी रेमिट्यान्स, भौतिक बिलासितामा मानिसहरुको ध्यान छ । अहिले किसानले जे समस्या र संकट भोगिरहेका छन् । यो आजको नयाँ समस्या होइन । वर्षौदेखि भोगिरहेको कथा, व्यथाहो । त्यो आजको नयाँव्यवस्था र नयाँ पात्रहरुबाट पनि समाधान हुन सकिरहेको छैन । आशा लाग्दानेताहरु प्रधानमन्त्री र कृषिमन्त्रालय सम्हाल्दा पनि किसानले पटक–पटक भोगिरहेको यस खालका समस्याको समाधान हुन सकिरहेको छैन । स्थानीय र प्रदेश सरकारहरु पनि किसानको समस्यामा गम्भिर र संवेदनशील बन्न सकिरहेका छैनन् । अर्कोतर्फ किसानहरु स्वयंम्मा पनि समस्या छ । एउटा किसानले जे गर्छ, अर्को किसानले पनि उही व्यवसाय गर्ने परिपाटीले पनियस्तो अवस्था आइरहेको छ । व्यवसायमा विविधता सोच्न र खोज्न नसक्ने कारण पनि किसानहरु असफल र निरुत्साहित बन्नु पर्ने अवस्था छ । मुख्यतःयसमा सरकार नै जिम्मेवार हुनुपर्छ । स्वदेशी उत्पादन, किसानहरुलाई प्रोत्साहित गरेर देशलाई आत्मनिर्भर बनाउने नीति र यसको प्रभावकारी कार्यान्वयनमा सरकार र यसका निकाय लाग्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *