सांसद मनाङेको झापड खाने एन्फा अध्यक्ष पनि पक्राउ

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे भनिने राजिव गुरुङबाट झापड खाएका एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष गुरुङको उजुरीका आधारमा सांसद मनाङे पक्राउ परेको भोलिपल्ट शुक्रवार प्रहरीले पोखराको न्युरोडबाट मिलनलाई समेत पक्राउ गरेको हो ।

बैंकिङ कसूर सम्बन्धित अभियोगमा प्रहरीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताउनुभयो । गत वर्ष आयोजना गरिएको मनकामना कप फूटबल प्रतियोगिता सम्बन्धी कारोबारमा खातामा पैसा नभएको चेक दिएको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको छ ।

गुरुङको उजुरीका आधारमा पक्राउ परेका मनाङेका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने गुरुङ समेत प्रहरी हिरासतमा पुग्नुभएको छ। गत मंगलवार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला सांसद मनाङेले झापड हानेको घटना चर्चामा छ । मनाङे विरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *