लेखनाथ सहकारीको स्थापना दिवसमा वृक्षारोपण

आदर्श अनलाइन, पोखरा

पोखरा महानगरपालिका वडा नं २६ मा रहेको लेखनाथ वचत तथा ऋण सहकारी सस्थाले आफनो १५ औ स्थापना दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले हरेक वर्ष जस्तै यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तरगत पोखरा २७ मा रहेको जय गुरुदेव शिवालय मन्दिर परिसरमा वृक्षारोपण, पुराना विरुवाको गोडमेल र सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

सस्थाले हरेक वर्ष आफनो स्थापना दिवसका अवसरमा जय गुरुदेव मन्दिर परिसरमा विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । यसैविच सुक्रवार आयोजित कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले सहकारीलाई सेयर सदस्यहरुले दिएको विश्वासलाई आत्मसाथ गर्दै जनस्तरबाट संकलन भएको पैसालाई सहि तरिकाले लगानी गरि आय आर्जनको क्षेत्रलाई बलियो बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सस्थापक अध्यक्ष नारायणदक्त वस्ताकोटीले जुन उदेस्यले सहकारीहरु स्थापना भएका छन् सोही अनुरुप सस्था अगाडी नबढदा सहकारीको क्षेत्रमा केही असामान्य अवस्था आएकाले अहिलेको अवस्थामा नाफा भन्दा पनि सस्था धान्नु पर्ने आवस्यकता औल्याएका थिए भने जिल्ला सहकारी संघ कास्कीकी उपाध्यक्ष अम्बिका आचार्यले सहकारीले नाफाको लागि नभई सेवाको भावले काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सस्थाका अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य कार्याक्रम संयोजक विष्णु कुमारी लामिछानेले गर्नुभएको थियोभने कार्यक्रम संचालन सचिव लेखनाथ सापकोटाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *