चिता हाउस : रत्नेचौरको नाम चर्चित बनाउँदै

अमृत बास्कुने, म्याग्दी
रत्नेचौर । जसलाई वि.सं. २०५० को दशक अगाडी रातोमाटो पाइने ठाउँको रुपमा चिनिन्थ्यो । रातोमाटो पाइने मात्र होइन् यहाँका घरमा रातै माटो पोतिन्थ्यो ।

तर, पछिल्लो समय यहाँका घरहरुमा सिमेन्ट र क्रङ्क्रिटको प्रयोग बढ्न थाल्यो, रातोमाटोको प्रयोग घट्न । समयसँगै रत्नेचौरको नाम रत्नेचौरनै रहेपनि नाममा रहेको विषेशता भने धेरैले विर्षन थालेका छन् । पछिल्लो समय सुन्दर तोरिबारीका फोटाहरु समाजिक सञ्जालमा भाइरल हुन थालेपछि पुनः म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर भाइरल बस्तीको रुपमा चिनिन थाल्यो ।

यो सँगै रत्नेचौरको तल्लो फाँटमा एकाघरका दाजुभाइले सञ्चालनमा ल्याएको चिता हाउसको नाम पनि भाइरल रत्नेचौरको नामसँगै मजबुत बन्न थालेको छ ।

भारतीय सेनाबाट सेवानिवृत्त विरबहादुर खत्री र १२ वर्ष भन्दा लामो समय वैदेशिक रोजगारीमा विताएका हरिबहादुर खत्रीले पछिल्लो समय रत्नेचौरको नामको प्रचार प्रसार मात्र होइन, आफुहरु व्यवसायीक हुने प्रयास गरिरहनुभएको छ ।

कुनै समय स्याल र चितुवाको बासस्थान रहेको तल्लो रत्नेचौरमा आजभोली चिता हाउस फष्टाउँदै गएको छ ।

बिरबहादुर र हरिले बाँझो जग्गामा कटेजसहितको रेष्टुरेण्ट तथा बार सञ्चालनमा ल्याएपछि सुनसान रत्नेचौर क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

नेपाली समाजले चितुवा वा चरिवाघ भन्ने गरे पनि भारत तथा अफ्रिका तिर चिताको नामले परिचित निकै द्रुत गतिमा दौडनै मांंशहारी जनावर हो चिताको नामबाट आफ्नो व्यसायको नामकरण गरेको बिरबहादुर बताउनुहुन्छ ।

‘चिता’ नामसँग बिरबहादुरको भावनात्मक साइनो समेत रहेको छ । भारतीय सेनामा कार्यरत रहेको समयमा एपेण्टीसाईड रोगले च्याप्दा भारतीय सेनाको चिता नामक हेलिकोप्टरले उद्दार गरेर आफूलाई जीवनदान दिएको स्मरण गर्दै बिरबहादुर द्रुत गतिमा दौडन सक्ने जिवको नामबाट हेलिकोप्टरको नाम राखेजस्तै आफुहरुले पनि आफ्नो व्यवसायको नाम राखेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा जाँदा सोचे जस्तो कमाई हुन नसकेपछि स्वदेशमै केही गर्ने सोँच आएका भाइलाई दाजुले पनि निकै मजबुत तबरले साथ दिनुभयो । दाजुभाइ मिलेर नेपालमै व्यवसाय गर्ने सोचले यस क्षेत्रमा लागेको खत्री दाजुभाईको भनाई छ । व्यवस्थापनको मुख्य काम दाजुभाईले गर्ने गरे पनि अन्य ३ जना कुक र ६ जना सहयोगी गरी ११ जनाले चिता हाउसबाट प्रत्यक्ष रोजगारी पाएका छन् ।

शुरुमा ४० लाख रुपियाँको लागतमा भौतिक पूर्वाधार तयार गरी २०७७ साल कार्तिक २६ गतेबाट सञ्चालन गरिएको चिता हाउसमा अहिलेसम्म झण्डै दुई करोड रुपियाँ लगानी पुगेको छ । नयाँ पुस्ताले एकान्त साथै सेवासुविधा खोज्ने भएकोले नै रत्नेचौरको यस क्षेत्रमा आफूहरुले व्यवसायको स्थान पहिचान गरेको उहाँले बताउनुभयो । चिता हाउसमा तीनवटा क्याम फायर, ४ एट्याच रुमसहित ५० जनाको बास बस्न मिल्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *