नेपाली संस्कृतिमा विदेशी प्रस्तुती ‘महारात्री’

आदर्श अनलाइन, बागलुङ
नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघको बागलुङ शाखाले महाशिवरात्रीको अवसरमा ‘महारात्री’ विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । फागुन २ गते दश देशका २५ जना अन्तर्राष्ट्रिय कलाकारहरुको वैदिक संस्कृतिसँग सम्बन्धीत विशेष साँर्सकति कार्यक्रम महारात्री को आयोजना गरेको हो ।

कला सस्कृतिको माध्यमाट धार्मिक पर्यटन प्रवर्धनको उद्देश्यले कार्यक्रम आयोजना गरेको नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङका अध्यक्ष प्रदीप भण्डारीले जानकारी दिनुभयो । विदेशी कलाकारले नेपालको स्वदेशी साँस्कृतिक प्रस्तुती गर्ने कार्यक्रममा रामायण, महाभारत, शिवरात्री, महात्म्य आदिमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गरिनेछ ।

विदेशी कलाकारले आफ्नो देशमा नेपालको कला, संस्कृति तथा प्रकृतिको प्रचार प्रसार गर्ने हुँदा धार्मिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको अध्यक्ष भण्डारीको भनाई छ ।

कार्यक्रम सञ्चालनको लागि करिब पाँच लाख रुपियाँ व्यवस्थापन खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रम अवलोनको लागि एक हजार र पाँच सय रुपियाँको टिकट व्यवस्थापन गरिएको छ । दान र सहयोगबाट खर्च व्यवस्थापन गर्ने लक्ष्य छ । बागलुङमा दोस्रो पटक विदेशी कलाकारको प्रस्तुती आयोजना गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *