बाल तथा लैङ्गिकमैत्री शिक्षण सिकाई सम्बन्धी तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङमा तीन दिने बाल तथा लैङ्गिकमैत्री शिक्षण सिकाई सम्बन्धी तालिम सम्पन्न भएको छ । बिवाईसी बागलुङको आयोजनामा माघ २८ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन भएको हो ।

समापन कार्यक्रममा बोल्दै बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले विद्यालय स्तरमा हुने लैङ्गिक विभेदको अन्य गरि शिक्षालाई प्रभावकारी बनाउन टेवा पु¥याउने हिसाबले तालिमको आयोजना गरेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्ने प्रमुख दायित्व शिक्षक भएको हुँदा शिक्षक लक्षित तालिम संचालन गरेको अध्यक्ष शर्माको भनाई छ ।

तालिममा जैमिनी नगरपालिकाका ३३ विद्यालयका शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो । कार्यक्रममा सिकाई परियोजनाका प्रमुख फिरोज सिद्धिकी, तालिममा सहभागी मेनुका शर्मा र रणबहादुर क्षेत्री लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम सिकाई परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत बिमल शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *