प्रजिअ र प्रहरी प्रमुखलाई स्वागत


आदर्श अनलाइन, बागलुङ
बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्कालाई रामरेखा सामुदायिक सेवा केन्द्रले आज एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा र नागरिकको सेवामा आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।



उहाँले जिल्लामा नागरिक र प्रहरीको दुरीलाई नजिक ल्याउन सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । यस्तै प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जिल्लामा अपराध नियन्त्रण तथा जनताको सुरक्षाका लागि प्रहरी रातदिन खटिएको बताउदै नागरिकले सहि समयमा सही सचूना दिन आवश्यक रहेको बताउनुभयो ।



कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका नवआगन्तुक वरिष्ठ नायव निरिक्षक मिन बहादुर केसीलाई समेत स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला रेडक्रस बागलुङका उपसभापती राजेन्द्र आचार्य तथा समाजसेवी लक्ष्मण श्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुृभएको थियो । कार्यक्रम रामरेखा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्यको अध्यक्षता, उपाध्यक्ष सम्भु आचार्यको स्वागत तथा महासचिव लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *