एमालेको ‘मिसन ग्रास रुट’ अभियान : बागलुङका केन्द्रिय सदस्यलाई कुन–कुन जिल्ला खटाइयो ?

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेले संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने केन्द्रिय निर्णय अनुसार बागलुङका सात केन्द्रिय सदस्यलाई बेजिल्लामा खटाइएको छ । संगठन विस्तार र सुदृढिकरण अभियान अन्र्तगत नेकपा एमालेले फागुन र चैत्र महिनाभर ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ ।

५ फागुनमा सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट अभियान सुरु गरिनेगरी केन्द्रिय नेताहरुलाई बेजिल्लाका विभिन्न पालिकामा खटाउने निर्णय अनुसार बागलुङका सात केन्द्रिय सदस्यहरुलाई गण्डकी प्रदेशक विभिन्न जिल्लामा खटाइएको एमालेका केन्द्रिय सदस्य गोबिन्द बहादुर नेपालीले जानकारी दिनुभयो ।

पार्टी नयाँ गतिका साथ अघि बढ्ने गरी यो अभियान थालिएको उहाँको भनाई छ ।
अभियानमा सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइने भएको हो ।

उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्नेछ ।

बागलुङबाट प्रतिनिधित्व गर्ने पोलिट्व्यूरो सदस्य लिल वहादुर थापा मगरलाई स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका र पुतलीवजार नगरपालिकामा, पोलिट्व्यूरो सदस्य मन कुमारी जि.सी.लाई म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकामा खटाइएको छ ।

यस्तै केन्द्रीय सदस्य गोविन्द वहादुर नेपालीलाई मुस्ताङ जिल्लाको वारागुङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिका, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटालाई (स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका, वालिङ नगरपालिका र भिरकोट नगरपालिका,मा खटाइएको छ ।

यस्तै केन्द्रीय सदस्य कृष्ण वहादुर के.सी.लाई मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका, केन्द्रीय सदस्य डा. सुर्य प्रसाद पाठकलाई पर्वत जिल्लाको विहादी गाउँपालिका र पैयुँ गाउँपालिका र केन्द्रीय सदस्य सावित्रा रानालाई पर्वत जिल्लाको महाशिला गाउँपालिका र फलेवास नगरपालिकामा खटाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *