लखन स्मृति दिवसमा त्रिदिवसीय कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरेको स्मृति दिवस विविध कार्यक्रम सहित मनाईएको छ । नेपाल मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पसको आयोजनामा नेपालको प्रथम सहिद क्या. लखन थापा मगरको १४६ औँ स्मृति दिवसको अवसमा त्रिदिवसीय विविध कार्यक्रम गरिएको हो ।

कार्यक्रमको मूल समारोहमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिएका सहिद क्याप्टेन लखन थापालाई सरकारले उचित सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले विभिन्न परिवर्तनको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले बेवास्ता गर्ने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा.डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, नेपाल मगर संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आलेमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापा लगायतले मन्तव्य राखेका थिए ।

नेपाल मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस समितिका अध्यक्ष कृष्णबहादुर अठारे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजु पुन र सञ्चालन सचिव मोतीप्रसाद पुनले गर्नु भएको थियो ।

उक्त अवसरमा आयोजना गरिएको छात्र बास्केटबल प्रतियोगितामा व्यवस्थापन संकाय तेस्रो वर्ष प्रथम र व्यवस्थापन संकाय पहिलो वर्ष द्वितीय भएको छ । छात्र भलिबल प्रतियोगिता शिक्षाशास्त्र संकाय तेस्रो वर्ष प्रथम, र शिक्षाशास्त्र संकाय दोस्रो वर्ष द्वितीय भए ।

छात्रा भलिबल प्रतियोगितातर्फ आयोजक नेपाल मगर विद्यार्थी संघ क्याम्पस मिति प्रथम र शिक्षाशास्त्र संकाय तेस्रो वर्ष द्वितीय भए । वादविवाद प्रतियोगिता सृष्टि आचार्य प्रथम र अनुपम सुवेदी द्वितीय भए । सामुहिक नृत्य प्रतियोगितामा विज्ञान संकाय प्रथम र व्यवस्थापन संकाय द्वितीय भएका छन् । उक्त अवसरमा विद्यार्थी कलाकारहरुले विभिन्न सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *