गायक वसन्त र प्रल्हादले डढेलो नलाई नछोड्ने भने पछि…

आदर्श अनलाइन,बागलुङ

खेतमा बोके झार गीत कता कता पृष्ठभुमीमा बजिरहेको हुन्छ । सार्वजनिक बसमा गीत घन्किरहेकै बेला यात्रारत रहेकी मरिस्का पोखरेलको ब्याग लुटिन्छ । तर, सुनिल क्षत्रीले चोरिएको व्याग खोसेर लुटिएकी मरिस्कालाई दिए पछि सयको गुन हजारौले तिर्ने सुन्दर कथा सहितको गीत र भिडियो शुरु हुन्छ ।

सामान्य लाग्ने तर निकै मज्जा लाग्ने हृदयस्पर्शी शव्द, मौलिक भाका र स्वरको माधुर्यता उस्तै मिठास । र त छोटो समयमै श्रोता दर्शकको मन जित्न थालेको छ ।
भेटेपछि काटी र सलाई
कहाँ छोडुला डढेलो नलाई

अहिले यो गीतका यस्ता शव्द टिकटक र फेसबुकमा भाइरल बन्न थालेका छन् । नेपाली मौलिक संगीतका पर्याय बनेका गायक–संगीतकार बसन्त थापाको लोकदोहोरी गीत ‘सयको गुन तिरौंला हजारैले’को म्युजिक भिडियो सार्वजनिक भएको केही दिनमै लोकप्रियता उन्मुख छ।

शुक्रबार गायक थापाको आधिकारिक युट्युब च्यानल बसन्त थापामार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गायक थापालाई चर्चित गायिका विष्णु माझीले साथ दिएकी छन्।पर्वतका लोकप्रिय शव्द संकलन प्रल्हाद सुवेदीको शब्द, गायक थापाकै लय रहेको गीतमा आशीष अविरलले संगीत संयोजन गरेका छन्।

गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र मरिस्का पोख्रेलको अभिनय रहेको छ। भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन्। भिडियोको छायाँकन नवराज उप्रेती, अमृत चापागाईंको सम्पादन र दीपक एम सिंहको कोरियोग्राफी रहेको छ। भिडियोको छायांकन कालिञ्चोक आसपासमा गरिएको हो।

अभ्यास डिजिटल मार्फत सार्वजनिक गरिको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एन्ड फिल्म्सले गरेको हो। पछिल्लो समयमा थापाको ‘उही खोलीमा पानी‘ , ‘सालको पात‘, ‘लोभी आँखा’, ‘बोकेझार‘ जस्ता गीत चर्चामा छन्। https://www.youtube.com/watch?v=dqzOIf61mFY

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *