गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड


आदर्श अनलाइन, बागलुङ
महाशिवरात्रिका अवसरमा बागलुङका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गौरीधाम शिव मन्दिर, त्रिपुरेश्वर महादेव मन्दिर बिहुँ रामकोट र तित्याङ शिव मन्दिर लगायतका शक्तिपीठहरुमा बिहानै देखि दर्शनार्थीको भीड लागेको छ ।

जिल्लाकै मुख्य शक्तिपीठको रुपमा रहेको गौरीधाम शिव मन्दिरमा बिहान तीन बजेदेखि दिनभरमा करिब १० हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेको गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले बताउनुभयो ।

“बिहान तीन बजेदेखि मन्दिरमा भक्तजनहरुको भीड लागेको हो” जिसीले भन्नुभयो मन्दिरमा यो वर्ष अहिले सम्मकै बढी दर्शनार्थी आएको व्यवस्थापन समितिको ठहर छ, मन्दिरमा सुरक्षा व्यवस्था, खानेपानी, प्रसाद र भजन कृतनको व्यस्था मिलाएका छौं ।”

मन्दिरकोे दर्शन एवं पूजा गर्न टाढाटाढाबाट भक्तजन आएका छन् । यस्तै बिहुँको रामकोटमा रहेको त्रिपुरेश्वर शिव मन्दिर तथा तित्याङको शिव मन्दिरमा समेत दर्शनार्थीको उल्लेख्य भीड लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *