२३ औं वर्षमा चिल्ड्रेन लाइफ, गुणस्तर व्यवस्थापन प्रमाणिकरणको अन्तराष्ट्रिय चिन्ह प्राप्त

रोहन जि.सी बागलुङ

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरलाई शिक्षाको हब बनाउन चिल्ड्रेन लाइफको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

व्यवहारिक शिक्षाका लागि विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै नगर प्रमुख श्रेष्ठले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संगै सामाजिक शिक्षा र कार्यमा निरन्तर जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, प्याब्सन बागलुङका अध्यक्ष दल बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज पौडेल, अभिभावक संघका अध्यक्ष केवी राना मगर, ऋषिप्रपन्नचार्य स्वामी, अभिभावक हेमराज पौडेल, शिक्षक दिपेन्द्र न्यौपाने, विद्यार्थीहरु प्रमिस केसी, आस्था पौडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रा.वि तहदेखि मा.वि तहसम्मका विभिन्न विधाका उत्कुष्ट विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, उपाध्यक्ष उसा पौडेलको स्वागत र शिक्षक नारायण पौडेल, सुरेश सुनार र एलिना ओलीको संचालनमा सम्पन्न भएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए । लघु नाटक, विभिन्न धर्म, संस्कृतिका साँस्कृतिक कार्यक्रम, कविता वाचन लगायतका कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच, चिल्ड्रेन लाइफ बोडिङ स्कुलले आइएसओ चिन्ह ९००१ ः २०१५ प्राप्त गरेको छ । विभिन्न ५ संस्थागत रुपमा भएको अनुगमन र मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले चिल्ड्रेन लाइफ बोर्डिङ स्कुललाई आइएसओ प्रमाण चिन्ह प्रदान गरेको हो ।

सो वार्षिकोत्सवमा मुक्तिनाथ वेद विद्याश्रमका संचालक ऋषि प्रपन्नाचार्यले आइएसओ चिन्ह तथा लोगो सार्वजनिक गर्नु भएको थियो । आइएसओ चिन्ह पाएको विद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीहरुले अन्तराष्ट्रिय श्रम बजारमा रोजगारी पाउन सहज हुने विद्यालयका शिक्षक जीवन रोका क्षेत्रीले बताउनु भयो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धीमा सिर्जनशील तरिकाले विद्यार्थीलाई व्यवहार, अनुशासन, समसामयिक विषयवस्तुमा पनि विशेष ध्यानपुर्वक पढाइने गर्दछ ।

हालसम्म चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा १५०२ जना विद्यार्थी र १५० जना भन्दा बढी शिक्षक र कर्मचारी रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले जानकारी दिनुभयो । अहिले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *