प्राकृतिक भ्यू टावर बेलढुंगा ! हेर्नुहोस् १५ तस्बिर

आदर्श अनलाइन,बागलुङ

अहिले अलि अग्ला डाँडो पाखो देख्ने बित्तिकै स्थानीय वासिन्दा र स्थानीय सरकारले भ्यू टावर बनाउने तिव्र लहड छ । तर, बागलुङ र म्याग्दीको सिमानामा यस्तो एउटा ठाउँ छ । जहाँ बस्ती माथि प्राकृतिक रुपमै बनिबनाउ भ्यू टावर जस्तो ठुलो बेल आकारको ढुंगा छ । जसबाट दर्जनौ हिमाल आखै अघि देखिन्छ ।

बेलढुंगाबाट हिमाल चियाउदै गरेका तस्विर चर्चित फोटो पत्रकार आरके अदिप्त गिरीले खिचेका छन् भने अरु तस्विर स्थानीय गोपाल श्रीस, दिनेश श्रीस, चित्र घर्ति, डम्बर बुढा लगायतले खिचेका तस्विर यस फिचरमा समावेश छ । हेर्नुहोस् बेलढुंगा र आसपासका १५ तस्बिरहरु ।

धौलागिरी, निलगिरी, माछापुच्छ«े, अन्नपूर्ण, गुर्जा लगायतका दर्जन बढी हिमश्रृखंला, हरियाली जंगल र धौलागिरीका म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्ती, महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । यो समुद्री सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा घना जंगलको बीचमा बेल आकारमा बनेको पहाडमा अवस्थित भएकाले ‘बेलढुंगा’ नामले परिचित छ ।

यही ‘बेल ढुंगामा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्ली मुसुङले संयुक्त रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रर्वद्धन गर्ने प्रयास गरिरहेका छन् ।

अहिले दुवै जिल्लाबाट यस क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण गर्ने मोटरबाटो समेत निर्माण गरिएको छ । अन्य पर्यटनमैत्री पुर्वाधार पनि निर्माणाधिन अवस्थामा छन् । ‘बेल ढु®ा’को फेद देउराली डाँडादेखी ‘बेल ढुंगा’ मा पुग्नका लागि पदमार्ग निर्माणको काम पनि हुँदैछ । ‘बेल ढुंगा’ चढ्न दुवै जिल्लाका गाउँहरुबाट आधा घण्टा उकालो चढे पछि देउरालीडाँडाबाट करिब १० मिनेटमा पुग्न सकिन्छ । ‘बेल ढुंगा’लाई आकर्षक गन्तव्य स्थल बनाउने गरि धम्जाको ओखलेमा ‘बेल ढुंगा’ सामुदायिक होम स्टे समेत सञ्चालनमा छ ।

घना जंगल र अक्करे भिर माथिको ढुंगामा पुग्दा जुन आनन्द प्राप्त हुन्छ । धार्मिक रुपमा आस्थावान भएकाहरुलाई बेलढुंगाबाट केही तल म्याग्दी तर्फ लागेमा धार्मिक महत्वको स्वर्गाश्रमको दर्शन गर्ने अवसर समेत हुनेछ ।

बाह्रै महिना हिमश्रृखंला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने यस क्षेत्रमा फागुन– चैतमा फुल्ने रातो र सेतो लालीगुराँसले मनमोहक थप्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *