लेकसाइडबाट लागू औषध र लाखौँ नगदसहित दुई युवा पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले पोखराको लेकसाइडबाट लागूऔषध र लाखौ नगद सहित दुुई जना युवालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईडको जरेबरमा शंकास्पद अवस्थामा हिडिरहेको पर्वत मादी गाउँपालिका वडा नम्बर ६ का सुरज नेपाली र तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० बस्ने प्रज्वल राई भन्ने प्रज्वल कुुमार कुमाललाई लागुऔषध र नगद १ लाख २६ हजार ५ सय सहित पक्राउ गरेको हो ।

प्रहरीले सुरज नेपालीको साथबाट ६ एम्पुल डाईजापाम, ६ एम्पुल फेनारगन र ४ एम्पुल नुर्फिन र प्रज्वल कुमालको साथबाट ५ एम्पुल डाईजापाम, ५ एम्पुल फेनेरागन र ५ एम्पुल नुर्फिन बरामद गर्नुका साथै उनीहरुको घरकोठा खानतलासी गर्दा ४५ एम्पुल डाईजापाम, ४८ एम्पुल फेनेरागन, ४८ एम्पुल नुर्फिन, नाईट्रोभ्याट २१ ट्याबलेट र नगद १ लाख २६ हजार ५ सय बरामद गरेको र उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडी वढाईएको कास्की प्रहरी प्र्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *