बागलुङमा आइतबारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङ आइतबारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काका अनुसार ९४ स्वर्ण, ९४ रजत र ११० काश्य गरि २९८ पदकको लागि ४८० जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा १० पालिकाका २४० छात्रा र २४० छात्र गरि ४८० खेलाडी सहभागि हुने छन् । प्रतियोगिता सोमबार र मंगलबार हुनेछ ।

पहिलो दिन प्रतियोगितामा छात्रा/छात्र तर्फ १ हजार ५ सय, २००, १०० मिटर दौड, हाईजम्प, लङजम्प, त्रिपल जम्प, भलिबल र कबड्डी प्रतियोगिता हुनेछन । दोस्रो दिन छात्रा/छात्रको ३ हजार मीटर दौड, ज्याभलिङ थ्रो, सटफुट, भलिबल प्रतियोगिता फाईनल, कबड्डी, मार्शल आर्ट, तेक्वान्दो, कराँते, उसु खेल हुनेछन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि करिब ४ लाख रुपैयाँ खर्च हुने बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *