जेसीजको शाखा व्यवस्थापन तथा नेतृत्व विकास तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङ, म्याग्दी र पर्वत जेसीजका पदाधिकारी र सदस्यहरुलाई शाखा व्यवस्थापन तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । शाखा संचालन, व्यवस्थापन र नेतृत्वसंम्बन्धी तालिम शनिबार सम्पन्न भएको हो ।

तालिमको उद्घाटन नेपाल जेसीजका पूर्वअध्यक्ष धनञ्जय कुमार श्रेष्ठले गर्नु भएको थियो । तालिमको सहजिकरण म्याग्दी जेसीजका पूर्वअध्यक्ष तथा नेपाल जेसीजका पूर्वअध्यक्ष धन्नजय कुमार श्रेष्ठ, पर्वत जेसीजका पूर्वअध्यक्ष हिम बहादुर पौडेल क्षत्री र बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले युवा र राजनीति विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा ६० जना पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, बागलुङ जेसीजका पूर्वअध्यक्ष आनन्द प्रसाद रेग्मीको स्वागत र तालिम संयोजक विन्दा कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सहित पूर्वअध्यक्ष, पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । पदाधिकारी र सदस्यहरुलाई प्रदान गरिने यो तालिम १७ औं संस्करण रहेको बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *