पश्चिम बागलुङमा कहिले बन्छ १०० शैयाको अस्पताल ?

डम्मर बुढा मगर, बागलुङ
धौलागिरी अस्पताल जिल्ला सदरमुकाम बागलुङ बजारमा छ । बागलुङ बजारमा रहेको धौलागिरी अस्पतालमा पश्मिच बागलुङका बिरामी नगन्य मात्रा आउँछन् । बागलुङ बजारभन्दा करिब डेढ किलोमिटर पश्मिचका नागरिकले अहिले पनि जिल्ला अस्पतालबाट पाउने सेवा पाउन सकेका छैनन् । तत्कालीन जिल्ला अस्पतालाई विसं. २०६७ सालमा धौलागिरी अञ्चल अस्पतालका रुपमा स्तरोन्नती गरियो । बागलुङ जिल्ला अस्पताललाई बुर्तिबाङ बनाउने निर्णय भयो ।

बुर्तिबाङमा जिल्ला अस्पताल संचालन गर्ने निर्णय दशक बितिसक्दा पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रुपमा विकास गर्ने गरि भवनहरु बने पनि सरोकारवाला निकायको मौनताले अहिलेसम्म बुर्तिबाङमा जिल्ला अस्पताल सञ्चालनमा आउन सकेको छैन । गाउँ–गाउँमा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई संचालनमा आए पनि जटिल खालको उपचार गराउन ठूला अस्पतालमै पु¥याउनु पर्ने बाध्यता छ ।

बुर्तिबाङमा पनि पर्याप्त जनशक्ति र आवश्यक उपकरणहरु नहुँदा यहाँका हजारौँ नागरिक पाल्पा, पोखरा, भरतपुर र काठमाडौका ठूला अस्पताल धाउन बाध्य छन् । पछिल्लो समय पालिकाहरुमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासहित पालिका स्तरीय आधारभूत अस्पताल बन्दै छन् । यहाँ पनि ‘सिरीयस’ किसिमका बिरामीको उपचार हुनेमा स्थानीय विश्वस्त छैनन् । गाउँमा कोही सिकिस्त बिरामी भए पाल्पा पोखरानै पु¥याउने पर्ने स्थानीय मिनबहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले सरकारले बुर्तिबाङमा जिल्ला अस्पताल बनाउने आश्वासन दिए पनि अहिलेसम्म बन्न नसक्दा कयौँले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । गाउँबाट बिरामीलाई बुर्तिबाङ झार्ने र यहाँ उपचार हुन नसक्दा ठूलो अस्पतालमा पु¥याउँदा पु¥याउँदै मृत्यु हुने गरेको दुखेसो पोख्नु भयो । उहाँ भन्नुहुन्छ– “देशमा नेता मात्रै भएर के गर्ने, जनतालाई सधै दुःख छ, हाम्रो क्षेत्रमा राम्रो अस्पताल नहुँदा हजारौँ रकमसँगै ज्यान गुमाउने पर्ने स्थिती छ ।”

गाउँका स्वास्थ्य चौकीहरुमा उपचार हुन नसकेका बिरामी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गर्छन् । यहाँ पनि उपचार नभएपछि अकोए नजिक उपचार हुने अस्पताल कतै छैन । जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमाभन्दा पश्चिम क्षेत्रका बिरामी पाल्पा तथा बुटवल तिर जाने गर्छन् । निसीखोलाका तिलबहादुर पुनले पश्चिम क्षेत्रमा राम्रो अस्पताल नहुँदा देशका ठूला अस्पतालमा जानु पर्ने बाध्यता रहेको गुनासो पोख्नु भयो ।

“अहिले जमाना फेरियो, संस्कार संस्कृति फेरियो, पहिले–पहिलेको जस्तो अवस्था छैन, खानपान पनि फेरियो, मान्छेहरुलाई अनेक थरिको रोग लाग्न थाल्यो, नजिकमा राम्रो अस्पताल छैन,” तिलबहादुरले भन्नुभयो– “पहिले धामी झाँक्री गर्ने चलन थियो अहिले त बिरामी हुँदा बित्तिकै अस्पताल जानु पर्छ, यहाँ उपचार नभएपछि त काठमाडौँ, बटौली जानु पर्छ, हाम्रो क्षेत्रका मान्छेको उपचार धेरै महङ्गो पर्छ ।”

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदीले दरबन्दीभन्दा बढी जनशक्ति भए पनि अझै अपर्याप्त भएको बताउनुभयो । उहाँका अनुसार यस स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी हो तर यहाँ हाल कार्यालय सहयोगीसहित ४० जना कार्यरत छन् । एक जना मेडिकल अधिृतको दरबन्दी भए पनि पाँच जना मेडिकल अधिकृत छन् । उनीहरु पाँचै जना अस्थायी हुन् । तीन जना अहेवको स्थायी दरबन्दी रहेको एक जना स्थायी र तीन जना करारका छन् ।

एक जना स्टाफ नर्सको दरबन्दी रहेकोमा तीन जना कार्यरत छन् । जस मध्ये दुई जना स्थायी र एक जना करारका छन् । तीन जना अनमीको दरबन्दी रहेको प्राथमिक स्वासथ्य केन्द्रमा पाँच जना कार्यरत छन् । जस मध्ये तीन जना स्थायी, दुई जना करारका छन् । एक जना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकोमा तीन जना कार्यरत छन् । जसमा दुई जना स्थायी, एक जना करारका हुन् ।

एक जना कार्यलय सहयोगीको दरबन्दी रहेकोमा ११ जना कार्यरत छन् । जसमा दुई जना स्थायी र नौँ जना करारका हुन् । एक जना ल्याब टेक्निसियनको दरबन्दी रहेकोमा छ जना कार्यरत छन् । जसमा एक स्थायी पाँच जना करारका हुन् । स्वास्थ्य केन्द्रमा हाल एक जना फार्मेसी पनि करामै राखेर सेवा दिइराखेको डाक्टर सुवेदीले जानकारी दिनुभयो ।

डाक्टर सुवेदी भन्नुहुन्छ – “यहाँ देख्दा धेरै कर्मचारीहरु देखिन्छ, तर चौबिसै घण्टा इमरजेन्सी, ल्याब लगायतका सेवा प्रवाह गर्दा निकै गाह्रो छ, थोरै डाक्टर, नर्स र कर्मचारीले चलाउनु परेको छ, हामीहरुले जति सक्दो गुणस्तरीय र सहज रुपमा सेवा प्रदान गरि रहेका छौँ, अझै जनशक्ति थपिए यहाँको सेवा धेरै प्रभावकारी बन्थ्यो ।”

डाक्टर सुवेदीका अनुसार अहिले यहाँ १५ बेड संचालनमा छ । यस स्वास्थ्य केन्द्रमा हुने गर्भवती अप्रेशन सेवा सिन्धुली बाहेक नेपालको कुनै प्राथमिक स्वास्थ्य केन्द्रमा नभएको सुवेदीको भनाई छ । गर्भवती अप्रेशन सेवा यहाँ लामो समयदेखि संचालनमा छ । पछिल्लो समय यहाँ दैनिक करिब डेढ सय बिरामी आउने गरेको डाक्टर सुवेदीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र भए पनि जिल्ला अस्पतालमा जस्तो बिरामी चाप हुने उहाँको भनाई छ ।

गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरि १०० शैयाको अस्पताल बनाउन पहल गरि रहेको बताउनुभयो । उहाँले ५० देखि ३०० शैयाको अस्पताल व्यवस्थापन र संचालन गर्ने दायित्व प्रदेश सरकारको भएको भन्दै यस विषयमा गम्भीर भएर लाग्न प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

“यहाँ एक सय शैयाको अस्पताल बनाउन पर्याप्त जग्गा छ, पूर्वाधार छ, अब जनशक्ति र आवश्यक उपकरणहरु व्यवस्थापन गरि संचालन गर्न बाँकी छ,” सांसद कुँवरले भन्नुभयो– “हामीहरुले बुर्तिबाङमा १०० अस्पतालको बनाउनका माग गरि रहेको धेरै वर्ष बिति सक्यो अहिलेसम्म सुनुवाई हुन सकेन, सरकारले अपनत्व ‘फिल’ ग¥यो भने गाह्रो छैन ।”

यहाँ विशेषज्ञ डाक्टरसहित जिल्ला अस्पताल संचालनमा आए पश्चिम बागलुङ छ पालिकासहित गुल्मी, प्यठान, रोल्पा र पूर्वी रुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *