के.बि मसाल
पर्यटनको विकासको लागि सडक यातायातको पहुच हुनु पर्दछ । गाउँमा पर्यटक पु¥याउन पहिला सडकको पूर्वाधार आवश्यकता पर्दछ । सडक यातायातले गर्दा बागलुङको अमलाचौरमा रहेको भैरवस्थान मन्दिरमा तीर्थाटनका पर्यटक बढ्न थालेका छन । नेपालमा पर्यटन धेरै धार्मीक मठ मन्दिसँग जोडिएको छ । भैरवस्थान मन्दिर बाग्लुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा पर्दछ । पर्यटनको लागि भैरवस्थान ऐतिहासिक, धार्मिक र प्राकृतिक सुन्दर क्षेत्र हो । भैरवस्थान प्राकृतिक भ्युटावर जस्तै मानिन्छ । भैरवस्थान मन्दिर परिशरबाट पर्यटकहरुले दर्जनौ हिम श्रृंखलाको दृश्यावलोकन गर्न सक्दछन् । भैरवस्थान पुगेपछि पर्यटकहरु तस्बिर खिच्ने, भिडियो बनाउने र रमाउने गर्दछन् ।
भैरवस्थान जान आजभोली सडक यातायातले सजिलो भएको छ । पर्वतको कुस्मा तिरबाट जादा कालिगण्डकी नदीको मालढुङ्गाको पुल तरेपछि बागलुङ जिल्ला सुरु हुन्छ । मालढुङ्गाको पुल तर्ना साथ बाया तिरको सडक कालिगण्डकी करिडोर हुदै काठेखोला पार गरेपछि गलुवा खोलाबाट उकालो लाग्नु पर्दछ । घुमाउरो सडकमा पैयुपाटा र अमलाचौरका विभिन्न गाँउहरु परिक्रमा गर्दै भैरवस्थानमा पुगिन्छ । भैरवस्थानको यात्रामा सुन्दर नागवेली आकारका डाडाकाडा र हिमालका दृष्यहरु अवलोकन गर्न पाउँदा पर्यटकहरु रमाउछन् । सडकको सहज पहुँच भएपछि भैरवस्थान मन्दिर पुग्ने पर्यटकहरुको सख्या दिनानु दिन बढदै छ । अग्लो ठाउँको भैरवस्थान मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरै तीर्थाटनका पर्यटकहरु को विश्वास रहेको छ । भैरवस्थान कालीगण्डकी करिडोरबाट रिडी हुदै हर्मिचौर तिरबाट बलेवा हुदै पनि पुग्न सकिन्छ । अर्को तर्फ भैरवस्थान मन्दिरमा पर्वतको कुश्मा देखी यान्त्रिक पुल तरेर बलेवा भएर तीन घण्टाको उकालो पैदल यात्रामा पानी टयाङकी, पैयूँपाटा हुँदै पनि भैरवस्थान पुगिन्छ ।
भैरवस्थानको मन्दिर १५औं शताब्दीमा पाल्पाका राजा मणिमुकन्द सेनका पालामा स्थावना भएको मानिन्छ । पाल्पाको भैरवस्थान, बाग्लुङको कालिका र मुक्तिनाथमा पनि मुकुन्दसेनको नाम जोडिन्छ । बलेवा भन्दा माथी अमलाचौरको भैरवस्थान भने भिन्न प्रशग जोडिएको छ । मुकुन्दसेनका दाजुभाईका विच झगडा परेछ । झगडाकै क्रममा भाई छुट्टिएर बलेवामा आउदा भैरबलाई पनि छुट्टाए साथमा ल्याई भैरवस्थानको मन्दिर स्थापना गरेको विश्वास गरिन्छ । अत्यन्त डरलाग्दा तीन आँखाको दृष्टि गर्ने घाँटीमा मुण्डमाला लगाएका डमरु, त्रिशूल र फलामको दण्ड हातमा लिएका कालो भयानक शरीरमा कालै वस्त्र धारण गरेका उग्रस्वरुपका देवता जुन कुकुरमाथिको सवार देवतालाई कालभैरव भनिन्छ । कालभैरवलाई भय र तामस उपासनाका उग्र देवता पनि भन्ने गरिन्छ । भने, शिवका प्रलयकारी गण एवं मृत्युका देवताको रुपमा पनि पुजने गरिन्छ । भैरवलाई रिसाह देवताका रुपमा पनि पूजा गर्ने गरिन्छ । मन्दिरमा तत्कालीन राजाहरुको पुराना खडग निसाना र त्रिशूल पनि रहेको छ ।
भैरवस्थान मन्दिरमा पैयुँपाटा, नारायणस्थान र अमलाचौरका मानिसहरुले विषेश पुजा आजासमेत गर्दछन् । नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा, कुश्मीसेरा र दमेक लगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रुपमा पनि मान्दै आएका छन । भैरवस्थान मन्दिरमा तीर्थाटनका पर्यटकहरुले घरायसी समस्या, रोगव्याधी, आयुआरोग्यता, बाढी पहिरोको संकट, अतिवृष्टी, अनावृष्टी, पारिवारिक विछोड, दाम्पत्य जीवनका कठिनाइ, जस्ता समस्याको निवारणको लागि पुग्ने गर्दछन । आफुले मागेको वरदान मिलोस भनी रोट, नरिवल र अन्य भैरवप्रिय वस्तुहरु अर्पण गर्दछन् । प्रकृति र संस्कृति नै गाउँमा पर्यटनका प्रमुख आधार हुन । धार्मिक आस्था बोकेका पर्यटकहरु तीर्थाटनको लागि मन्दिरमा पुग्न खोज्दछन् । ऐतिहासिक महत्व खोज अनुसन्धान गर्नकै लागि भैरवस्थान मन्दिरमा पुग्दछन । ऐतिहासिक महत्वको खोज अनुसन्धानका लागि स्वदेशी मात्र होइन विदेशीहरु पनि भैरवस्थान पुग्ने गरेका छन । भैरवस्थानमा जादा पर्यटकहरुले प्राकृतिक सौन्दर्यसंग पनि रमाउन पाउछन ।
भैरवस्थान नजिकै पाग्जाकोटको धुरी अर्थात डाडाको चुचुरो पनि छ । मुलाबारी पाग्जाकोट समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा पर्दछ । भैरवस्थान पुगेका धेरै पर्यटकहरु पाग्जाकोट पुग्न चाहन्छन । भैरवस्थानदेखि पाग्जाकोट पुग्न करिब ४५ मिनेट पैदल यात्रा गर्नु पर्दछ । पाग्जाकोट ऐतिहासिक पर्यटनको दृष्टिकोणले अत्यन्तै मनमोहक स्थान हो । पर्यटकहरुले भुरे टाकुरे राजाका पालामा निर्माण भएका संरचनाहरुको भग्नावशेष देख्न सक्दछन । पाग्जाकोटमा हिउँ पर्दा त्यहाँको वातावरण यती मनमोहक हुन्छ कि बर्णन गर्न शब्दनै हुदैन भन्दा पनि हुन्छ । पर्यटकहरुका लागि पाग्जाकोटमा भ्यूटावरको निर्माण भएको छ । भ्युटावरबाट बाग्लुङ बजार, पर्वतको कुस्मा बजार र म्याग्दीको बेनी बजारको दृश्याअवलोकन गर्न सकिन्छ । एउटै भ्यूटावरबाट तिन जिल्लाको सदरमुकाम अवलोकन गर्न पाउदा पर्यटकहरु रमाउछन् । एकै ठाउबाट तिन जिल्लाको सदरमुकाम पर्यटकहरुले अन्यकुनै पनि जिल्लाको घुमफिरमा अवलोकन गर्न पाउदैनन् । मौसम सफा रहेको अवस्थामा पर्यटकहरुले पर्वत, स्याङजा, कास्की, पाल्पा, म्याग्दी र गुल्मी जिल्लाहरुका पहाडी श्रृखला अवलोकन पनि गर्न सक्दछन् ।
भैरवस्थान जादा भकुण्डे गाउँ पुग्नै पर्दछ । भकुण्डे पर्यटकीय गन्तव्यमा सूचीकृत भएको गाउँ पनि हो । भकुण्डे नपुगे बाग्लुङ घुमफिर अधुुरो हुन्छ । भकुण्डेगाउँ बाग्लुङको दक्षिणी तिर पर्ने ऐतिहासिक र सांस्कृतिक सम्पदाले सजिएको गाउँ हो । प्राकृतिक, संस्कृति र होमस्टेका कारण भैरवस्थान पुग्ने पर्यटकहरु भकुण्डे गाउँ पुग्दछन । पर्यटकहरु होमस्टेमा स्थानीय उत्पादनहरुको स्वादको मजा लिदै हिमश्रृखलाहरुको मनोरम दृश्य हेर्न र प्रकृतिसँग रमाउन भकुण्डेमा पुग्ने गर्दछन । स्याङजाको सिरुबारीबाट २०५४सालमा पहिलो पटक सुरु भएको होमस्टे आजभोली प्राय देशभर विस्तार भएको छ । बागलुङ नगरपालिका १० मा पर्ने भकुण्डे अहिले पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको छ । भकुण्डेमा सन्चालन भएको होमस्टे बाग्लुङ जिल्लाको पहिलो होमस्टे हो । स्थानीय कला–संस्कृति प्रदर्शन गर्नु, अतिथि सत्कार गर्नु, मौलिक उत्पादनको प्रवद्र्धन गर्नु, होमस्टेका विशेषता हुन । भकुण्डेको मुख्य आकर्षण नै हिमश्रृखलाको अवलोकन हो । भकुण्डे गाउँमा पर्यटकहरुको आँखैमा हिमालहरु ठोक्किन्छन । हिमालको रमणिय दृष्य हेर्न भने मौसमले साथ दिनु पर्दछ ।
भकुण्डे गाउँमा मगर समुदायको बाहूल्यता रहेको छ । गाउँमा पर्यटन विकासका लागि होमस्टे सञ्चालन, भ्युटावर निर्माण, संग्रहालय स्थापना, लगाएत बराह तालको समेत संरक्षण गरिएको छ । भकुण्डे गाउँमा होमस्टेमा प्याकेजमा जाने पर्यटकहरुलाई माला र मगर संस्कृतीको गीत र नाचले स्वागत गरिन्छ । भकुण्डेको होमस्टेमा कोरियाली, जापानी र अमेरिकी पर्यटकहरु पनि पुग्दछन । पर्यटकहरुले होमस्टेमा स्थानीय खानाका परिकार, मगर संस्कृित, न्यानो आतीत्थता, एकान्त वातावरण र हिमश्रृखला र पहाडी डाडाकाडाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । होमस्टेमा जाने पर्यटकहरुले भ्युटावर, विभिन्न समुदायको सांस्कृतिक, ऐतिहासीक र ग्रामिण जिवन शैली झल्कने सामाग्री संग्रहालय र बराह तालको अवलोकन गर्न सक्दछन् । भ्युटावरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी लगायत २२ वटा हिमालहरुको दृश्य अवलोकन गर्न सक्दछन् ।
पर्यटकहरुले होमस्टेमा यानीमाया, सालैजो, झयाउरे पञ्चेबाजा सगै लोक गीतको मनोरञ्जन लिन सकिन्छ । भकुण्डेको जैविक विविधता, गुराँसे जंगल र शान्त वातावरण पर्यटकका लागि आकर्षण बन्दछ । लालीगुराँस र सेतोगुराँस फुलेको मौसममा भकुण्डे गाउँ वरपरको सौन्दर्यता वर्णन गरेरै सकिन्न । होमस्टेमा स्थानीय उत्पादन मुला, मकै, कोदो, गुन्दु्रक, आलु, खुर्पानी, किबी, सिताके च्याउलगायतका विभिन्न परिकारको स्वाद लिन पाइन्छ । अर्को तर्फ पर्यटकको चाहना अनुसार कुखुरा, कालो सुँगुर तथा कालिजको मासुको पनि स्वाद लिन सकिन्छ ।
गण्डकी प्रदेशको उत्तर–पश्चिममा पर्ने बाग्लुङ जिल्ला पर्यटनका लागि रमणीय जिल्ला भित्र पर्दछ । नेपाल भित्रको सानो नेपालको नक्सा जस्तै देखिने बाग्लुङ प्राकृतिक रुपले सुन्दर पहाडी जिल्ला हो । झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि चिनारी बनाएको बाग्लुङ सोह्र हजार पर्वतको नामले पनि प्रसिद्ध छ । भैरवस्थान र भकुण्डे गाउँमा पुग्दा पर्यटकहरुले आफ्नो घुमफिरको समय बढाउन सके बाग्लुङमा घुमफिरका लागि रमणिय ठाउ धेरै छन । बाग्लुङ नेपालको एकीकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो । त्यो बेला कोट कोटबाट भुरे टाकुरे राजाहरुले राज्य चलाउँदथे । ती कोटमध्ये गल्कोट बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट ऐतिहासिक कोट हुन । बागलुङ बजारमै रहेको कालीका भगवती मन्दिर र पञ्चकोटमा पर्यटकहरुको भिडनै हुने गर्दछ । ढोरपाटन शिकार आरक्ष, गाजा दह, संसारकोट, हाडीकोट धुरी, पञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक लगायतका स्थान पर्यटकहरु पुग्न सके धेरै ऐतिहासिक कुरा अध्ययन हुन्छ ।
नेपालमा सबैभन्दा बढी पर्यटकहरु घुमफिर गर्ने गण्डकी प्रदेश हो । प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका लागि पर्यटकहरु गण्डकी प्रदेश प्रति लोभिने गर्दछन । बाग्लुङमा पर्यटकहरु संस्कृति, इतिहास तीर्थाटन गर्ने उद्देश्यका लागि पुग्ने गर्दछन् । बाग्लुङ जिल्लामा घुमफिर गर्न आजभोली धेरै गाउँमा कच्ची भएपनि मोटर मार्ग पुगेको छ । बाग्लुङमा मालढुङ्गादेखि पश्चिम पातिहाल्नेसम्म १२५ किलोमिटर मध्यपहाडी लोकमार्गको सडकले चिरेको छ । लोकमार्गले बाग्लुङका दुई वटा बाहेक अन्य सबै पालिकालाई प्रत्यक्ष परोक्ष छोएको छ । लोकमार्गले गलकोटमा बजारीकरण भएको छ । गाउँघरमा पनि पर्यटकहरुलाई बस्न खान होटल र होमस्टेहरु खुलेका छन । बाग्लुङ जादा कालिगण्डकी नदीमा बञ्जीजम्प, स्काई साइक्लिङ,कुस्मा बलेवा जोडने यान्त्रिक पुल र बन्जी पुलको अवलोकन गर्न सकिन्छ । कुस्मा, कटुवाचौपारी ज्ञादी जोडने पुल, त्रिकोणात्मक शैलीमा निर्माण भएका विश्वकै अग्ला र लामा पुलहरु कुस्मा मुडिकुवा, मुडिकुवा कैया, कैया बडागाँउ झोलुङे पुलहरुको अवलोकन र कुस्माको गुप्तेश्वर महादेवको तीर्थाटन समेत पर्यटकहरुले गर्न पाउछन् ।
नेपालको पर्यटन क्षेत्रका पूर्वाधार भन्ने वित्तिकै विमानस्थल, पदमार्ग, होटल भन्ने धेरैको बुझाइ छ । पर्यटन भन्ने बित्तीकै हिमाल आरोहण, जंगल सफारी र पदयात्रा हो भन्ने पनि छ । पर्यटन क्षेत्रको परिभाष केही वर्ष यता आएर बदलिएको छ । अहिले विमानस्थल, सडक मार्गसंगै पर्यटनको नयाँ पूर्वाधार केबल कार आएको छ । केबलकार मात्रै होइन कुनै पहाडमा केलवकार सहित होटल र वरपर बस्तीनै शहरको रुपमा विकास गर्ने मोडलको नयाँ पूर्वाधार खडा हुन थालेको छ । यसको उदारण अहिले केवुलकार सन्चालनमा आएका मनकामना, चन्द्रागिरी र कालिञ्चोकलाई लिन सकिन्छ । जहाँ केबलकार मात्रै छ्रैन, होटल, रेष्टुरेन्टदेखि अवलोकन गर्न सकिने भ्युटावर निर्माण भएका छन् । अर्को तर्फ केबलकारले गर्दा वरपर वस्ती समेत विकास हुदैं गएको छ ।
सडक मार्ग पुगे पनि बाग्लुङको बलेवा विमानस्थल बन्द छ । वि.सं २०१९ देखि पोखरा, भैरहवा, काठमाडौँ र जोमसोमको उडान हुने बलेवाको विमानस्थल पोखरा–बागलुङ मोटर मार्ग सञ्चालनमा आएपछि बन्द भयो । अब बलेवादेखि भैरस्थान र भकुण्डेसम्म केवुलकार संचालन गर्न पर्दछ । केबुलकार सन्चालन गर्न सके पर्वतको कुस्मामा जाने पर्यटकहरु बास बस्न भकुण्डे होमस्टे र भैरवस्थानको तीर्थाटन गर्न सक्ने छन । प्राकृतिक रुपमा आफै भ्युटावर बनेका डाडाकाडामा भ्युटावर बनाउन भन्दा केवुलकारको बिकास गर्न सके राम्रो हुन्छ । ऐतिहासिक कोट गढी धेरै भएको बाग्लुङमा पहाडको चुचुरोमा केबुलकार पु¥याउनु सके पर्यटनको विकास हुन्छ । पहाडी भूभागमा सडक मार्ग भन्दा केबुलकार निर्माण गर्ने हो भने ठूलो पुल पुलेसा निर्माण खर्च वचत हुने गर्दछ । मोटर मार्ग निर्माण गर्दा हुने वातावरणको विनाश समेत केबुकारले गर्दैन । प्राकृतिक सम्पदालाई केबुलकारले केही हानी नोक्सानी पु¥याउँदैन । मोटर मार्ग निर्माण गर्दा प्राकृतिक संरचना डोजर र स्काईभेटरले दोहन गर्दा पहाडमा बाढी पहिरो गएर नोक्सान गर्दछ । बिजुली उत्पादन गर्न सके केवलकारको यातायात सस्तो र भरपर्दाे हुन्छ । पेट्रोलियम वस्तु उत्पादन नहुने हाम्रो जस्तो मुलुकको लागि त केवलकार उपयोगी हुन्छ ।
बागलुङको ग्रामीण क्षेत्रमा बोलीने स्थानीय भाषा मिठो हुन्छ । बागलुङ पुग्ने पर्यटकहरुले अहिल्य नसुनेको स्थानीय भाषाको स्वर भैच्च, खाइच्च, भनिच्च, हनत, भन्ने जस्ता धेरै नयाँ स्थानीय भाषाका शब्द सुन्न पाउछन् । मानिसहरुको बोली र व्यवहारले कुनै पनि बागलुङ जाने नयाँ पर्यटकहरुलाई असजिलो हुदैन । ग्रामीण विकास सगै आजभोली बागलुङमा ग्रामीण क्षेत्रमा समेत व्यापारी केन्द्रको विकास भएको छ । बुर्तिबाङ बजार विस्तार भएको छ । सडक मार्ग पुगेका दुर दराजका बस्तीमा समेत होटल, लज र होमस्टेको सुविधा भएको छ ।