संगठन सुदृढिकरण अभियान चलाउदै नेकपा एकिकृत समाजवादी

आदर्श अनलाइन, बागलुङ

नेकपा एकिकृत समाजवादी बागलुङले पालिका स्तरमा संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।

आज सम्पन्न नेकपा एकिकृत समाजवादी बागलुङको जिल्ला कमिटि बैठकले पार्टीलाई थप बलियो बनाउन संगठन विस्तारको अभियान चलाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य तुल बहादुर गुरुङले राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेको समाजवादी पालिका स्तरमा थप सशक्त हुन आवश्यक रहेको बताउनुभयो । संविधान र लोकतन्त्रको पक्षमा समाजवादीले सहकार्य गर्न आवश्यक रहेको गुरुङको भनाई छ ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद शर्मा, जिल्ला इन्चार्ज श्री प्रसाद शर्मा, केन्द्रिय लेखा आयोगका सदस्य उदय सुवेदी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बैकुण्ठ भुषाल र प्रदेश कमिटि सदस्य भूपाल चालिसे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुृभएको थियो ।

कार्यक्रम जिल्ला कमिटि अध्यक्ष लाल बहादुर थापाको अध्यक्षता, सचिव भरत पूरीको सञ्चालन तथा प्रचार विभाग प्रमुख शालिकराम शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *