जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रोहन जि.सी बागलुङ

बागलुङ सदरमुकाममा आइतवारदेखि पालिका स्तरीय ११ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्लाका १० पालिकाबाट छनौट भई आएका माध्यामिक तहका बिद्यार्थीहरुको उपस्थितीमा दुई दिनसम्म संचालन हुने गरी प्रतियोगिता शुुरु भएको हो ।

जिल्ला खेलकुद बिकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन आठ वटा खेल सम्पन्न भएका छन् । पहिलो दिन १ हजार ५ सय मिटर, ४ सय मिटर २ सय मिटर, १ सय मिटर दौड र हाइजम्म प्रतियोगिता सम्पन्न भएको जिल्ला खेलकुद बिकास समितिका प्रशिक्षक भिमसेन शाक्यले जानकारी दिनुभयो ।

१ हजार ५ सय मिटर दौड अन्तरगत छात्रतर्फ काँठेखोला गाउँपालिकाका बादल कार्कीले स्वर्ण, बानपाका रवि बिकले रजत र निसीखोला गाउँपालिकाका सुर्जन मगरले कास्य पदक जित्नु भएको छ ।

छात्रा तर्फ निसीखोला गाउँपालिकाका सर्मिला बिकले स्वर्ण, बरेङ गाउँपालिकाका कोपिला खत्रीले रजत र जैमिनी नगरपालिकाका कविता खत्रीले कास्य पदक जित्नु भएको छ ।

४ सय मिटर दौड अन्तरगत छात्र तर्फ बानपाका आरकृष्ण सुनारले स्वर्ण, काँठेखोलाका बिशाल कार्कीले रजत र गल्कोट नगरपालिकाका देवेन्द्र दर्जीले कास्य पदक जित्नु भएको छ । २ सय मिटर दौड अन्तरगत छात्र तर्फ गल्कोट नगरपालिकाका शिखर दर्जीले स्वर्ण, बानपाका सुदिप हरिजनले रजत र बरेङ गाउँपालिकाका बिश्व पुनले कास्य पदक जित्नु भएको छ ।

१ सय मिटर दौड अन्तरगत छात्र तर्फ गल्कोट नगरपालिकाका सञ्जिव शाहनीले स्वर्ण, बानपाका बिज्ञान पौडेलले रजत र बानपाका सन्देश थापाले कास्य पदक जित्नु भएको शाक्यले बताउनुभयो । छात्रा तर्फ बानपाका पुनम पौडेलले स्वर्ण, जैमिनीका झरना नेपालीले रजत र बडिगाडका प्रेमकला रानाले कास्य पदक जित्नु भएको छ ।

हाइजम्प छात्र तर्फ बानपाका होमबहादुर कुवँरले स्वर्ण, बडिगाडका संयोग परियारले रजत र जैमिनीका शिव बिकले कास्य पदक जित्नु भएको छ भने छात्रा तर्फ बडिगाडका सुना सुनारले स्वर्ण, बरेङका सम्झना गिरीले रजत र जैमिनीका अञ्जली सुनारले कास्य पदक जित्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *