आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थाका शेयर सदस्य दिपकजंग राजभण्डारीकी आमा तथा शेयर सदस्य एलिना श्रेष्ठकी सासुआमा बागलुङ नगरपालि–२ पुरानो बसपार्क निवासी कमलमाया राजभण्डारीको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

खड्काको निधन भएको नवौंैं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको छ । श्रद्धाञ्जली सभामा संस्थाका सचिव सरस्वती खड्का परियार, कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठ, सञ्चालकहरु अम्बिका जि.सी. र राजकपुर श्रेष्ठ, प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल शर्मा, शेयर सदस्यहरु यशोदा शर्मा, अर्जुन चोखाल, हरि आचार्य, कपुरजंग राजभण्डारी, कल्याणजिवी उपाध्याय लगायतको उपस्थितीमा सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप दश हजार रुपैयाँ स्वर्गीय राजभण्डारीकी छोरी त्रिशला राजभण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ । आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमासमेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *