राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरलाई

आदर्श अनलाइन, बागलुङ
एघारौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९को उपाधि बागलुङ नगरपालिकाले चुमेको छ । बागलुङको बाङ्गेचौर खेलमैदानमा मंगलबार सम्पन्न खेलहरुमा बागलुङ नगरपालिकाले जिल्लाका अरु नौ वटा स्थानीय तहलाईपछि पार्दै पहिलो उपाधि हाँसिल गरेको हो ।

यसअघी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय दशौं र नवौं संकरणमा पनि बागलुङ नगरपालिका प्रथम भएको थियो । प्रतियोगितामा बागलुङ नगरले १८ स्वर्ण, १३ रजत र १० काश्य पदकमा विजयी भई ४१ अंकका साथ प्रथम भएको हो ।सातै स्वर्ण, सात रजत र १७ कास्य पदक जितेर बडिगाड गाउँपालिका दोस्रो भयो ।

मंगलबार भएको भलिबल छात्रतर्फ गलकोट नगरपालिका प्रथम भएको छ । जैमिनी नगरपालिकालाई २–१ को सेटमा पराजीत गर्दै गलकोट पहिलो भएको हो । उपबिजेत ाबनेको जैमिनी दोस्रो भयो भने बडिगाड गाउँपालिका तेस्रो भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *