गण्डकीमा विदेशी नागरिकको सुरक्षामा चुनौती छैन : प्रहरी नायव महानिरीक्षक गुरुङ

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौती नरहेको बताउनुभएको छ । नेपालका लागि जापानी दुतावासका द्वितीय सचिव योसिमुरा केन्जी संगको भेटघाटमा प्रहरी नायव महानिरीक्षक गुरुङले जापान लगायत सवै देशका नागरिकहरुलाई सम्मानको नजरले हेर्ने गरिएको बताउँदै कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौती नरहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशमा जापानिज नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आउनु भएका केन्जीसंग भेटघाट गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति सामान्य र पर्यटकहरुका लागि उपयुक्त रहेको समेत बताउनुभयो ।

साथै उहाँले विदेशी पथ पर्यटकहरुलाई पथ प्रदर्शक बिना एक्लै नहिड्न सल्लाह दिने समेत जानकारी गराउनुभयो । गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकहरुलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिईरहेको र पर्यटकहरुको सुरक्षार्थ दुतावाससंग सूचनाहरु आदान प्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको बताउँदै जापानिज नागरिकरुलाई पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिन आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *