लामो झोलुङ्गे पुलको चर्चा





-राजेशचन्द्र राजभण्डारी
साच्चै यतिबेला कुन जिल्लामा बढी पर्यटक तान्ने भनेर जिल्लाले नयाँ–नयाँ पर्यटन गन्तव्य बनाइरहेको समयमा बागलुङ जिल्लाले यतिबेला बिश्व कै ध्यानाकर्षण गराउन सफल भएको छ । अहिलेसम्म झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा फेरि नयाँ झोलुङ्गे पुल त्यो पनि चानचुने हैन विश्वकै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माण कार्यले तिब्रता पाएपछि चर्चाको शिखरमा पुगेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाकोे पाङ अदुवाबारी जोड्ने निर्माणधिन विश्वकै लामो झोलुङ्गे पुलका लठ्ठा नयाँ प्रविधिमार्फत तान्न सफल भएको छ । अहिलेसम्म बिश्वको लामो झोलुङ्गेपुल स्वीजरल्याण्डमा ५०० मिटरको रहेकोमा अहिले त्योभन्दा पनि लामो पुल नेपालमा निर्माण भइरहेको छ । ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको मुख्य लठ्ठा ‘मेनकेबल’ चार दिन लगाएर सफलता पूर्वक तानिएको निर्माण कम्पनी थानी÷बिएलटि÷हिमशिखर कन्स्ट्रक्सनले जनाएको छ । अहिलेसम्म नेपालमा निर्माण गरिएको झोलुङ्गेपुल पुरानो प्रविधी बाट निर्माण हुँदै आएकोमा लामो पुल निर्माणको लागि लठ्ठा तान्ने प्रविधि नेपालमा नभएकै कारणले यत्तिका बर्ष कामको शुरूवात हुन सकेको थिएन ।

नेपालमै पहिलो पटक प्रयोग गरिएको लठ्ठा तान्ने चाईनिज प्रविधिको उन्ज मेशिनको प्रयोग गरेर लठ्ठा तानीएको प्राबिधिक इन्जिनियर टोपबहादुर बानीयाँले बताउनुभएको छ । लठ्ठा तान्ने सहजताको लागि नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बागलुङ र पर्वतको पुल तलको सडकमा ११ मिटर विद्युत तारलाई केबल गरि सहज बनाइएको थियोे । पुलको लागि आवश्यक अन्य भौतिक संरचना तयार भएको छ । कालिगण्डकी नदिमाथि बन्दै गरेको झण्डै एक सय ३८ मिटर अग्लो झोलुङ्गे पुलको चैत्रसम्म निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलको योजना रहेको छ । नेपालमा हुने विकास निर्माणका काम एकत ढिलो शुरू हुने काम भनेको समय भन्दा धेरै समय लाग्ने परम्परा लाई यो कामले क्रम भंग गरेर सरकारले दिएको म्याद भन्दा एक बर्ष अगाडि नै सम्पन्न गर्ने लक्ष्य राखेर काम गरिरहेको देखिन्छ । पुल निर्माणले राम्रो गतिलिएको छ यसलाई हामीले पर्यटन बर्ष २०२० लाई समेत प्रमुखतामा राखेर काम अगाडि बढाएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललेको भनाइ सान्दर्भिक छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटक समेत बागलुङ भएर आउने वातावरण बनाउने योजना बागलुङ नगरपालिकाले बनाएको छ । पुलको प्रतिवर्गमिटरमा चार जना मानिस अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाउन जरुरी देखिन्छ हामीले हाम्रो ठाउँमा भएको बिकास लाई दिगो र भरपर्दो बनाउने हो भने त्यो कुरामा ध्यान पु¥याउन जरुरी छ । पुलको आयु ५० वर्षको भए पनि यसलाई हामीले ब्यबस्थापन गर्न सकेनौं भने छिटो बिग्रन सक्छ ।

पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज रूपमा पुहुँच पुग्नेछ । कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने कुरामा कुनै शंका गर्ने ठाउँ छैन । ‘सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट निर्माणको जिम्मेवारी थानी÷विएलटी÷हिमशिखर जेभी निर्माण कम्पनीले हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरे देखिनै कामले निरन्तरता पाइरहेको छ जुन निकै सकारात्मक काम हो ।

२०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–१ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो । सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भएकाले निर्माण सक्नुपर्ने अवघि भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुन लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाँले जानकारी दिए । २०५५ सालदेखि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने चर्चा चलेपनि लठ्ठा तान्ने प्रविधि नभएको कारणले प्रक्रिया अगाडि बढ्न सकेको थिएन बागलुङ नगरपालिकाले बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल बनाउन केन्द्रीय तहमा लबिङ गरेपछि सो पुलको लठ्ठा तान्ने मेसिन चीन बाट खरिद गरेर ल्याउने काम अर्थ मन्त्रालयलेगरेको थियो । अहिले हामीले नयाँ नयाँ सोच र योजना बनाउन सक्ने हो भने हामीले आफ्नो ठाउँमा दिनहुँ हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सक्छौ । अहिले अर्थतन्त्रको मेरूदण्ड भनेको पर्यटन नै हो ।

साच्चै आर्थिक समृद्धि सुखी नेपाली बनाउने नारा लाई सफल बनाउने हो भने नेपाललाई पर्यटकीय गन्तव्य बनाउन जरुरी छ । ९ महिना अघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भब्य कार्यक्रम बीच शिलान्यास गरेको झोलुङ्गेपुल बनाउने काम सम्पन्न भए पछि पुललाई आकर्षित गर्न सोलर बत्ती बालेर रातभर झलमल बनाउने योजना बनाएको छ जसको कारणले पनि पुल अझै बढी पर्यटनको केन्द्र बन्ने निश्चित छ । हामीले पुल बनाएर मात्र हाम्रो जिम्मेवारी पूरा हुन्छ भन्ने लाग्दैन पर्यटकलाई केही समय भुल्न खाना खाने, खाजा खाने चमेना गृह रेष्टुरेन्टको ब्यबस्थापन पनि प्रमुख कुरा हो त्यसलाई पनि नगरपालिकाले गराउने व्यस्था मिलाउन जरुरी देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *