जैमिनीमा १८ महिने छोरीको हत्या गर्ने बुबा पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङमा बालिका हत्याको आरोपामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा १८ महिनाको बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षीय सायर दिन मियालाई पक्राउ गरेको हो ।

बालिकाकी आमा नभएको मौकामा छारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । मियाले मानदक पदार्थ तथा लागु औषध सेवा गर्दै आएको र श्रीमतीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ ।

प्रहरीले बालिकाको शव पोष्टमार्टमको लागि बागलुङ ल्याएको छ । आरोपित मियालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *