भकिम्ली कृषि सहकारीका सञ्चालकलाई सहकारी शिक्षा

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका वडा नंं ३ मा सञ्चालित भकिम्लिी ग्रामिण कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक र शेयर सदस्यहरुका लागि सञ्चालित ३ दिने सहकारी शिक्षा कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

संस्थाका सञ्चालक समिति, शेयर सदस्य तथा कर्मचारीहरुलाई सहकारीका ऐन नियम, व्यवस्थापन लगायत वित्तीय साक्षरता र उद्देश्य अनुसार कारोबार सञ्चालनका विषयमा सचेतना प्रदान गर्नका लागि तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

सहकारीका सदस्य, सञ्चालक र कर्मचारीहरुलाई सक्रिय, सचेत र प्रभावकारी रुपमा संस्थाको गतिविधिमा अगाडि बढाउनका लागि सञ्चालित तालिमबाट सबै उत्साहित भएको अध्यक्ष लाल बहादुर पुनले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुले सदस्यहरुको चाहना र आवश्यकतालाई ध्यान दिएर योजना, कार्यक्रम र अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

सदस्यहरुको माग एउटा छ, सदस्यहरुको चाहना एउटा छ, सहकारीले अर्कैतिर काम गरेका कारण सहकारीप्रति सदस्य लगायत आम समुदायको चासो कम देखिएको छ, जिसीले भन्नुभयो–‘सहकारीहरुले योजना निर्माण गर्दा वा कार्यक्रमहरु बनाउदा सदस्यहरुलाई बढी भन्दा बढी सहभागी गराउने, उनीहरुको सल्लाह सुझावहरु लिएर बनाउन सकेमा लक्ष्य अनुसार काम गर्न सकिन्छ ।’

सहकारीको प्रवद्र्धन गर्ने, विकास गर्ने र संरक्षण गर्ने काम सदस्यहरुको भएकाले सदस्यहरुलाई नियिमत शिक्षा र प्रभावकारी सम्वाद आवश्यक रहेको जिसीको भनाइ थियो ।

संस्थाका अध्यक्ष लाल बहादुर पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा बेनी नगरपालिका वडा नंं. ३ का वडा सदस्य रत्न बहादुर जिसी, संस्थाका उपाध्यक्ष पूर्ण बहादुर घर्ति मगर, सचिव पूर्ण कुमारी घर्ति मगर क्षेत्री लगायतले तालिमले सहकारीको थप व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा लिएको बताउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक खिम बहादुर पुनले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *