पोखरामा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता हुँदै

आदर्श अनलाइन, पोखरा
पोखरामा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले पोखरामा वृहत ज्ञान महायक्ष, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गर्ने भएको हो । पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा चैत २५ देखि फागुन २ गतेसम्म महायज्ञ तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का आयोजना गरेको प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले पोखरामा वृहत ज्ञान महायज्ञ भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विकासको गतिसँगसँगै आफ्ना परम्परागत मूल्य मान्यताहरुबाट समाज टाढा हुँदै गएको र भावी सन्ततीहरुलाई आफ्नो मुल्य र मान्यता बारेमा सचेत बनाउन जरुरी रहेको भन्दै उक्त कार्यक्रमको आयोजना गर्न लागेको पराजुलीले बताउनुभयो । संस्कार र संस्कृति संरक्षण गर्न पोखरामा महायज्ञसँगै राष्ट्रब्यापी खुल्ला भजन चुड्का प्रतियोगिता आयोजना गरेको उहांको भनाइ रहेको थियो ।

वृहत भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई नेपाल टेलिभिजनबाट सञ्चालन हुन लागेको भजन च्याम्पियनमा सिफारिस गर्ने समेत अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । ‘राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई भजन च्याम्पियनमा सिफारिस गर्दै छौं, चैत २५ देखि सुरु हुने प्रतियोगितामा देशभरका ४४ जिल्लासहित १ सय बढी समूहको सहभागिता रहन्छ ।’ उहाँले भन्नुभयो ।

प्रतियोगिताको विजेताले ५१ हजार, दोस्रो हुने समूहले ३१ हजार, तेस्रो हुने समूहले २१ हजार र सान्त्वना हुने समूहले ११ हजार र विद्यागततर्फ उत्कृष्ट नृत्य, उत्कृष्ट झाँकी, अनुशासिन समूह र भेषभूषातर्फ क्रमशः ७ हजार ५ सयका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । भजन प्रतियोगितामा १० देखि ३५ जनाको समूह हुनुपर्ने छ भने, १ हजार ५ सय रुपैयाँ प्रतियोगिता शुल्क कायम गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *