स्ववियु निर्वाचनका लागि धवलागिरि क्याम्पसमा १० संगठन तथा समूह दर्ता भए

आदर्श अनलाइन, बागलुङ
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० संगठन तथा समूहले दर्ता गराएका छन् । निर्वाचन कार्य तालिका अनुसार शुक्रबार संगठन तथा समूह दर्ता गर्ने कार्यक्रम रहेको थियो । विहान ११ बजेदेखि सुरु भएको दर्ता कार्यक्रम ३ बजे सकिएको स्ववियु निर्वाचन समितिका संयोजक भक्तिराम न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु (छैठौँ), अनेरास्ववियू, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, संयुक्त विद्यार्थी संगठन, अखिल संयुक्त प्यानल, अनेरास्ववियू क्रान्तिकारी÷अनेरास्ववियू र अनेरास्ववियु (क्रान्तिकारी विप्लव)ले दर्ता गराएका छन् ।
स्ववियु निर्वाचन नजिकिएसँगै विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरु प्रचारप्रसार र संगठन बिस्तारलाई तीव्रता दिएका छन् ।


निर्वाचन समितिले २१ गते मतदाता सूची प्रकाशित गर्ने छ । भने २५ गते मतदाता सूची उपद दाबी विरोध गर्ने, २५ गते मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्य सूची छ ।

फागुन २६ गते उम्मेदवारको लागि मनोनयनपत्र वितरण, २७ गते उम्मेदवारको नामावली दाखिला गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने, २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने, २९ गते उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशित कार्य सूची रहेको र चैत ५ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *