बागलुङमा १४ दुर्घटनामा छ को मृत्यु, १३ गम्भीर घाइते

डम्मर बुढा मगर, बागलुङ
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाई गनुका साथै सचेतना मुलक कार्यक्रमलाई जोड दिइ राखे पनि दुर्घटना रोकिएको छैन ।

जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार बिस्तार भइरहेका ठाउँहरुमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी वरिस्ठ नायव निरीक्षक मिनबहादुर खड्काले बताउनुभयो । उहाँले ग्रामीण सडकहरु साँघुरो, धेरै कच्ची हरेको र त्यस्ता सडकमा तीव्र गतिमा यातायातका साधानहरु चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।

जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन् । ती सडकहरुमा चालकले मादक पर्दाथ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको खड्काले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “आउन यताको दुर्घटना हेर्दा धेरैनै हो, दुर्घटना न्यूनिकरणका लागि गाउँ–गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनु पर्ने देखिन्छ, त्यो हामीहरुले गरि पनि राखेका छौँ ।”

जिल्लामा गाडीहरुले क्षमताभन्दा बढी बोक्ने हुँदा दुर्घटनाको जोखिम बढि रहेको बताउनुभयो । उहाँले आठ महिनाको अवधीमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधानलाई कारवाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्वसमेत संकलन गरेको बताउनुहुन्छ । कारवाही गरे मात्रै दुर्घटना नरोकिने खड्काको भनाई छ ।

आउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन् । यस अवधीमा दुई हजार नौ सय ४९ मोटरसाइकल र आठ सय दुई वटा ट्रिपर कारबाहीमा परेका छन् । ट्राफिक बागलुङको तथ्याङ्क हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँच लाख ४६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्याङ्क हेर्दा आठ सय ७० बस, दुई हजार तीन जीप, एक हजार एक सय ४३ ट्याक्टर र ३३ वटा अन्य सवारी साधानहरु कारबाहीमा परेका छन् । हालसम्म ट्राफिक नियमको उल्लङ्घन गर्ने ट्याक्टरबाट सात लाख ८५ हजार, जीपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँच लाख ८४ हजार ५०० रुपैयाँ र अन्य सवारी साधानबाट २० हजार रुपैयाँ संकलन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *