बडिगाडमा एमालेको ग्रासरुट : एमाले जनताको सुःख दुखको सारथी–पूर्व मन्त्री पुन


कमल पौडेल, खर्वाङ

नेकपा एमालेका केन्द्रिय सदस्य नरदेवी पुनले पार्टी जनताको हरेक दुःख, सुखमा जोडिनुपर्ने बताउनु भएको छ । एमालेले सञ्चालन गरिरहेको ग्रासरुट अभियानको क्रममा बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको भेलामा बोल्दै पूर्व मन्त्रि समेत रहनुभएकी पुनले सो कुरा बताउनु भएको हो ।



समाजका हरेक सकारात्मक कामको अगुवाई एमालेका कार्यकर्ताको कर्तव्य हुने भन्दै समाजमा अराजक हुने छुट एमाले कार्यकर्तालाई नभएको बताउनु भएको छ । कुनै नकारात्मक काममा जोडिने, भ्रष्टाचार, व्यविचार बोक्ने एमालेको कार्यकता हुन नसक्ने भन्दै राष्ट्र सेवाको हरेक काममा जोडिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । त्यस्तै कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य जनक पौडेलले माक्र्सवाद, लेनिनवादको औचित्य र नेपाली समाजमा प्रयोगको सन्दर्भमा सैद्धान्तिक विश्लेषण गर्दै हरेक कार्यकर्ता उत्पादनमा जोडिनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्यहरु बावुराम नेपाली, सुनिल शेरचन, प्रेम खरेल, तिर्थमणि भुसाल, होमनाथ अर्याल, जिल्ला कमिटि सचिव विष्णु प्रसाद भुसाल, जिल्ला सचिवालय सदस्य करमति पुन, ढालेन्द्र शेरचन, जिल्ला कमिटि सदस्य विष्णु प्रसाद आचार्य, लक्ष्मण बराल, बल बहादुर पुन, गाउँकमिटि अध्यक्ष कमलराज आचार्य लगाएतको सहभागिता रहेको थियो । सो भेलाले वडा भित्रका प्रत्येक टोलमा टोलकमिटिहरु गठन गर्ने, संगठित सदस्यता नविकरण गर्ने, जनसंगठनहरुको भेला आयोजना गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

कार्यक्रम नेकपा एमाले, बडिगाड वडा नं. २ का वडा कमिटि अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता, गाउँकमिटि सचिवालय सदस्य विष्णु केसिको स्वागत मन्तव्य तथा सचिव टंक भूजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *