सुरक्षित भएर होली खेलौ : बागलुङ प्रहरी

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले सभ्य, सुरक्षित र मर्यादित भएर फागु पूर्णिमा (होली) पर्व मनाउन आव्हान गरेको छ । होली पर्वका नाममा गलत संस्कार बढ्दै गएको वर्तमान समयमा प्रहरीले सभ्य भएर होली मनाउन आव्हान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट एक सार्वजनिक अपिल जारी गर्दै सभ्य एवं सुरक्षित तरिकाले होली पर्व मनाउन आम सर्वसाधारणमा अनुरोध गरिएको छ । होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित बनाउन, होली पर्वको नाममा उश्रृखल क्रियाकलाप नगर्न, अपरिचित मानिसहरुको समुहमा होली नखेल्न प्रहरी अनुरोध गरेको छ ।

आत्मिय रुपमा नजिक भएका व्यक्ति र आफन्तसंग मात्र होली खेल्न, कसैको इच्छा विपरित रंग, लोला, कालो मोसो, केमिकल र फोहोरपानी प्रयोग नगर्न, छाला तथा आँखामा असर गर्ने केमिकल रंगको प्रयोग नगर्न, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउन प्रहरीले आव्हान गरेको छ ।

रेलिङ नभएको घरको छतमा तथा सडकमा होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गरी आफु बच्न र अरुलाई बचाउन, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान समेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

बाटोमा टोरी टागेर चालक तथा सवारी धनीसंग पैसा नमाग्न, भिड हुने स्थानमा पाकेटमार, लुटपाट तथा स्नेचिङ जस्ता घटनाहरु हुने सम्भावना हुने ठाउँमा सावधान रहन प्रहरीले आव्हान गरेको छ ।प्रहरीले होली पर्वलाई सभ्य बनाउन आव्हान गर्दै नियम विपरित काम गरेमा कानुन बमोजिम सजाय तथा जरिवाना हुने चेतावनी समेत दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *