आफै असुरक्षित छन् बागलुङका प्रहरीचौकीहरु


खेमराज गौतम, बागलुङ

ढुङ्गेछानो ढल्किएको छ, कोठाभित्रै छानोबाट प्रकाश आउछ, पानी पर्याेभने बिस्तारा पोको पार्नुपर्छ । चुहिने ढुङ्गेछानोमा पाल टाँगिएको छ ।

यो कष्ठकर पूर्ण अवस्थामा बसेको नेपाल प्रहरीले जनताको सुरक्षामा खटिना कसरी सक्ला ? यो कन्तबिजोक अवस्थामा गुराजा चलाउदै आएको छ इलाका प्रहरी कार्यालय भिमगिठे ।

जीर्ण भिमगिठे माध्यामिक विद्यालयको भवनमा बस्दै आएको इलाका प्रहरी कार्यालय आफै असुरक्षित छ । हावाहुरी आउदा ढुङ्गा खस्ने र पानी पर्दा चुहिने गरेको छ । जीर्ण भवनका डाँडा भाटा समेत भाँचिएका छन् ।

जनताको शान्ति सुरक्षामा खटिने बागलुङका प्रहरी चौकी आफै असुरक्षित हुनु दखद् रहेको भिमगिठेका स्थानीय दिपक केसीले बताउनुभयो ।

“चुहिने भवनमा कष्टका साथ वर्षौदेखि बस्दै आएको इलाका प्रहरी कार्यालय निर्माणमा सरोकारवाला निकायले कुनै चासो दिएको छैन” केसीले भन्नुभयो “हावाहुरी लाग्दा पाल उडाउछ, पानी पर्दा चुहिन्छ, यस्तो अवस्थामा बसेको प्रहरीले कसरी जनतालाई सुरक्षा दिन सक्ला ।”

यस विषयमा गाउँपालिकाले समेत तत्कालै अस्थायी टहरा निर्माण गरेर भएपनि प्रहरीलाई बस्ने व्यवस्था मिलाउन आवश्यक रहेको केसीको भनाई छ । पुरानो स्कूल त्यहाँबाट हटेपछि निजीघरमा बस्दै आएको प्रहरी कार्यालय अहिलेको स्थानमा बसेको थियो ।

अहिले प्रहरीको नाममा जग्गा प्राप्ती भइसक्दा समेत भवन निर्माणमा कतैबाट बजेट नआउनु दुखद् रहेको केसीको भनाई छ । बडिगाड भूगोलका हिसावले निकै विकट रहेकाले २३ जनाको दरबन्दीमा अहिले १० जना मात्रै कार्यरत रहेका छन् ।

अहिले प्रहरी सहायक निरिक्षक उज्जल शर्माको नेतृत्वमा रहेको प्रहरीचौकीले अव्यवस्थित बसोवाससंगै सुरक्षा दिइराखेको छ । चार वर्ष अघिनै स्थानीयले चन्दा संकलन गरी रु. १५ लाख लागतमा पाँच रोपनी जग्गा खरिद भइसकेको स्थानीय चन्दादाता समेत रहनुभएका केसीको भनाई छ ।

प्रहरीको भवन निर्माणका लागि आफुले कार्यकाल समाल्दासाथ पहल गरेपनि कतैबाट बजेट नआएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रहरीको भवन बनाउन गाउँपालिकाको बजेटले नसक्ने भन्दै प्रदेश र संघीय सरकारलाई पटक–पटक प्रहरी कार्यालयको दुराअवस्थाको विषयमा चित्रण गरिएको बताउनुभयो ।

“आठ महिनादेखि बजेट विनियोजनका लागि पोखरा र काठमाण्डौका तालुकदार मन्त्रालयमा धाएको छु, कतैबाट बजेट परेको छैन, वर्खालाग्ता ओत्ने कसरी हो अहिले चिन्ताको विषय छ” अध्यक्ष थापाले भन्नुभयो “अहिले देशमा भइरहेको आर्थिक संकटका कारण भवन निर्माणका लागि बजेट व्यवस्थापनमा समस्या परेको होला, तर पहल जारीनै छ, गाउँपालिकाको तर्फबाट मर्मत–सम्भारका लागि केही काम गर्ने योजना छ ।” इलाका प्रहरी कार्यालय भिमगिठे एउटा उदाहरण मात्रै हो ।

मालढुङ्गा प्रहरी चौकी, प्रहरी चौकी झिवाखोला र प्रहरी चौकी बोङ्गादोभानमा समेत भवन अभावमा प्रहरीलाई सास्ती भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो । “अहिले चार वटा प्रहरी कार्यालय भाडाकै घरमा छन्, भने केही प्रहरी चौकीहरु जीर्ण अवस्थामा सञ्चालित छन्, सुविधा सम्पन्न भवनबाट जनताको सुरक्षामा खटिदा सहज हुन्थ्यो, जिल्लाले समग्र प्रहरी युनिटको विषयमा केन्द्रमा जानकारी गराएको छ” प्रहरी उपरिक्षक खड्काले भन्नुभयो “जनशक्तिको समेत जिल्लामा अभाव छ, यो समस्या नेपालभरको हो, सिमित जनशक्तिलाई परिचालन गरेर अधिकतम सुरक्षा दिने हाम्रो प्रयास छ, तर प्रहरी आफै असुरक्षित भएर जनताको सुरक्षामा खटिन असहजनै हुन्छ ।”

प्रहरी युनिटको कुरा मात्रै नभएर जिल्ला प्रहरी कार्यालयमा आवास अभावका कारण भाडाका घरमा प्रहरी राख्नुपर्ने अवस्था रहेको खड्काको भनाई छ । खड्काका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयमा प्रहरी आवास निर्माणधीन अवस्थामा रहेको र निर्माण सम्पन्न पश्चात सहज हुनेछ ।

समेत अवस्था उस्तै रहेको बागलुङका बागलुङ जिल्लाको प्रवेशद्वारमा रहेको प्रहरी चौकी मालढुङ्गाको कन्तविजोक छ । साँघुरो छाप्रोमा प्रहरीहरु कोचाकोच सुत्नुपर्ने अवस्था छ भने वर्खामा जस्ताको छानो चुहिने गरेको छ ।

यस्तै प्रहरी चौकी निसीखोलाको समेत कन्तविजोक छ । बागलुङको निसीखोला गाउँपालिका– ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरीहरु जीर्ण भवनमा असुरक्षित तरिकाले बस्न बाध्य छन् ।

जिल्लामा अहिले चारवटा प्रहरी युनिट प्रहरी चौकी धम्जा प्रहरी चौकी बिहुँ, इलाका प्रहरी कार्यालय भिवाखोला, प्रहरी चौकी बोङ्गादोभान र प्रहरी चौकी भातखानेडाँडा भाडाको घरमा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले बताउनुभयो । धम्जा प्रहरी चौकी बिहुँको भने भवन निर्माण भइसकेको र भवनबाटै सेवा दिने तयारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *