स्ववियुको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन

रोहन जि.सी बागलुङ

स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन गरिएको छ ।

आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार गत १९ गते संघ संगठन दर्ता भैसकेपछि मतदाता नामावली प्रकाशन गरिएको हो । क्याम्पसमा बिभिन्न संकायमा अध्यनरत १ हजार ७ सय ४६ जना बिद्यार्थीको नामावली प्रकाशन भएकोे छ ।

क्यापसमा बिविए तर्फ १ सय ४२, बिविएस तर्फ ७ सय ७४, बिएड तर्फ ५ सय ४०, बिएससी तर्फ ६९, बिए तर्फ ८९, एमए तर्फ २१, एमएड तर्फ ३६ र एमवीएस तर्फ ६२ जना बिद्यार्थी भर्ना भएको क्याम्पस प्रशासनले जनाएको छ ।

निर्वाचन कार्यक्रम अनुसार फागुन २५ गते मतदाता सुचि उपर दावी बिरोध, दावी बिरोध छानविन गरि अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष तथा समानुपातिक उमेदवारका लागि मनोनयन पत्र बितरण, २७ गते प्रत्यक्ष तथा समानुपातिक उमेदवारको नामावली दाखिला, प्रत्यक्ष तर्फको उमेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *