पालिकाको प्रथमिकतामा परेन अपाङ्गता समावेशी विकास योजना तर्जुमाको कुरा

आदर्श अनलाइन, पोखरा
अपांगता समावेशी बिकास योजना तर्जुमाको कुरा पालिकाको प्राथमिकता बन्न नसकेको पोखरामा आयोजित एक कार्यक्रममा प्रश्ट भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग माहासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहका उप प्रमुख, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुलाई स्थानीय तहको निति, योजना, कार्यक्रम र बजेट अपाङ्गता समावेशी कसरी बनाउने सम्बन्धमा पोखरामा सम्पन्न कार्यक्रम स्थानिय पालिकाहरुको प्रथमिकतामा बन्न सकेन ।

प्रदेशभरका ४८ वटा पालिकालाई समेटेर कास्कीमा कार्यक्रम गरिएको भएता पनि गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरन्चोक गाउँपालिका, धर्चे गाउँपालिका, गण्डकी गाउँपालिका, पोखरा महानगरपालिका, राईनास गाउँपालिका, नार्फाभुमि गाउँपालिका, नार्सङ गाउँपालिका, पुतलिबजार नगरपालिका, सुक्ला गण्डकी नगरपालिका, ब्यास नगरपालिका र म्याग्दे गाउँपालिका गरी १३ वटा स्थानिय तहहरु उपस्थितनै भएनन भने कार्यक्रमको बिषय समसामयीक र महत्वपुर्ण भएता पनि सहभागीहरु बिषयबस्तुमा गम्भिर भएर वस्नुको साटो कार्यक्रमको समय नसक्किदै यातायात लिएर हिडन हतारीएका थिए ।

यस बिषयमा कार्यक्रममा सहभागी एकजनाले भन कुराकानी गर्दा अपाङ्गताका क्षेत्रमा मिठा र चिल्ला कुरा हुने गरेको भएता नि यस खालका बिषय स्थानिय तहका अरु बिषय जजस्तो प्रथमिकतामा नपर्ने गरेको र पालिकाहरुमा पनि अपाङ्गताको कार्यक्रम यसरीनै चलिरहेको छ ।

सोही कार्यक्र यस अघी म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङ जिल्लालका २८ वटा पालिकालाई समेटेर फागुन १५ गते, नवलपुरका ८ वटा पालिकालाई समेटेर १८ गते र कास्की, स्याङ्गजा, तनहुँ गोर्खा, लम्जुङ र मनाङ गरी ४८ वटा पालिकालाई समेटेर २३ गते सम्पन्न भएको राष्ट्रिय अपाङ्ग माहासंघ नेपाल गण्डकीका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सेवा प्रवाहा गर्ने राज्यको तल्लो निकाय स्थानिय सरकार भएता पनि पालिकाहरुको योजना निर्माणको बेला अपाङ्गताको सवालहरु कम प्रथमिकतामा पर्ने गरेको र यो बिषय स्थानिय तहका जनप्रतिनिधी एवम प्रमुखहरुले समेत पटक पटक स्वीकार्दै आएकोले यस खालको कार्यक्रम गर्नु परेको र यस कार्यक्रमले स्थानिय तहको योजना निर्माणका बेला आपाङ्गताको बिषयमा केही नयाँ र उदाहरणिय कार्य गर्नेमा आफुहरु आशावादी रहेको राष्ट्रिय अपाङ्ग माहासंघ नेपाल गण्डकीका अध्यक्ष खोमराज शर्माले बताउनुभयो ।

कार्यक्रममा सहभागी पालिकाहरुले आफुहरुले हालसम्म अपाङ्गताको क्षेत्रमा गरेका उदाहरणिय कार्यहरु प्रस्तुत गरेका थिए । सो क्रममा सुन्दर बजार नगरपालिकाले करारमा कार्मचारी नियुक्ती गर्दा आपाङ्गता भएका व्यक्तिहरुलाई समेत सरकारी सेवामा पहुँच होस भनी कार्यबिधीमा अपाङ्गता कोटाको ब्यवस्था गर्न लागेको जानकारी गराएको थियो। यस्तै मादी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका हेरचाहाकर्ताहरुलाई मासिक प्रोत्साहान भत्ताको ब्यवस्था गर्दै आएको जानकारी गराएको थियो।

अपाङ्गता समावेशीकरण र विकास योजना, स्थानिय तहको योजना तर्जुमा प्रक्रिया र अपाङ्गता समावेशीकरण, स्थानियतहको योजना तर्जुमाका लागी अपाङ्गता भएका व्यक्तिहरुको मुख्य आवश्यक्ता र प्राथमिक्ताको पहिचान, पँहुचयुक्त भौतिक संरचना, सूचना र सेवा, अपाङ्गता समावेशी अनुगमन तथा मुल्याङ्कन कार्यक्रमका मुख्य बिषय रहेको जानकारी संघका प्रदेश संयोजक अरुण श्रेष्ठले जानकारी दिनुभएको थियो।

८१ जना सहभागी रहेको उक्त कार्यक्रममा संघका अध्यक्ष खोमराज शर्मा, कोषाध्यक्ष सुनिता थापा, र सचिवालयका सदस्य हेम बहादुर गरुङ्ले अभिमुखिकरण गर्नुभएको थियो भने सञ्चालन संघका सचिव कृष्णप्रदाद अधिकारीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *