धौलागिरी क्याम्पसमा फर्जि परिचयपत्र वितरण भएको वामपन्थी विद्यार्थी संगठनको आरोप

रोहन जि.सी, बागलुङ

स्ववियू निर्वाचनलाई केन्द्रीत गरेर धौलागिरी बहुमुखी क्याम्पसमा फर्जि परिचय पत्र वितरण गरिएको ४ बाम विद्मार्थी संगठनले आरोप लगाएका छन् ।

चुनावको मुखमा क्याम्पसमा फर्जि परिचय पत्र भेटिएको भन्दै विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन प्रयोजनका लागि सहायक क्याम्पस प्रमुखको दस्तखत चल्ने गरी आधिकारीक परिचय पत्र जारी गर्न विद्यार्थी संगठनको माग छ ।

निर्वाचन प्रयोजनका लागि भर्ना हुने मिति सकिएपछि विद्यार्थी भर्ना भएको समेत विद्मार्थी संगठनहरुले जनाएका छन् । अनाधिकृत रुपमा विद्मार्र्थीहरु भर्ना गर्ने, फर्जि परिचय पत्र वितरण गर्ने जस्ता निर्वाचन विरोधी क्रियाकलाप रोक्न र निर्वाचनलाई व्यवस्थित गराउन विद्मार्थी संगठनहरुले माग गरेका छन् ।

बामपन्थी विचारधाराका ४ विद्यार्थी संगठन र अखिल संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका खिमानन्द कंडेल, अखिल क्रान्तिकारीका सुदन विक, अखिल क्रान्तिकारीका दिवस खड्का, र अखिल संयुक्त प्यानलका तर्फबाट प्रविण सापकोटाले क्याम्पस प्रशासनलाई फर्जि परिचयपत्रका बारेमा ध्यानाकर्षण गराउदै आधिकारीक परिचय पत्र जारी गर्न माग गरेका हुन् ।

विद्मार्थी संगठनहरुले फर्जि परिचय पत्र रोक्न, अनाधिकृत भर्ना प्रक्रिया खारेज गर्न माग गर्दै त्यसो नगरिएसम्म निर्वाचनका कुनै पनि प्रक्रिया अगाडि नबढाउन क्याम्पस प्रशासनलाई आग्रह गरेका छन् ।

क्याम्पस प्रमुखलाई दिइएको ध्यानाकर्षण पत्रको विधार्थ स्वतन्त्र विद्मार्थी यूनियन धौलागिरी क्याम्पसलाई पनि दिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *