सुख्खा पहिरोमा परि निसीखोलाका विकको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङको बरेङमा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका– ६ का वर्ष ४२ का शुकलाल विको मृत्यु भएको हो ।

पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारको क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुख्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउसो पौने १ बजेको समयमा पहिरोमा परेर गम्भीर घाईते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङ तर्फ रिफर गरिएकोमा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *