आलुचिप्स र सिस्नोको पाउडर बनाउने तालिम शुरु


दिलिप प्रतेल, बागलुङ

बागलुङकौ जैमिनी नगरपालिका ३ ले शुक्रबार देखी ३ दिने आलु चिप्स र ५ दिने सिस्नोको पाउडर बनाउने तालिम शुरु गरेको छ ।
‘उद्योग गरौ उद्यमशिल संस्कारको बिकास गरौ भन्ने’ नाराका साथ गरिबिनिवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्र्तगत तालिमको शुरुआत गरिएको हो ।

स्थानीय श्रोत र साधनको परिचालन गरी रोजगारी सृजना गर्ने तथा कृषकहरु लाई आत्मनिर्भर गराई आम्दानीको श्रोत बढाउने उदेश्यले तालिम संचालन गरिएको वडा नम्वर ३ का अध्यक्ष कृष्ण भुजेलले बताउनुभयो ।

सो अवसरमा बोल्ने वक्ताले किसानले उत्पादन गरेका बस्तुले सहज बजार पाउनुपर्ने बताएका थिए । किसानको जिवनस्तर उकास्ने खालका कार्यक्रम वडा र पालिकाले ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनप्रतिनिधि हिरा गुरुङ, दुर्गा बहादुर पुन जैमुनी नरपालिका आन्तिरीक लेखा परिक्षणका अम्बीका सापकोटा लद्युउद्यम सहजकर्ता मन बहादुर राना र गाजा दह सिस्नो पाउडर उद्योगका अध्यक्ष तारा पुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वडा नम्वर ३ का अध्यक्ष कृष्ण भुजेलको अध्यक्षता, लघुउद्यम बिकास कार्यक्रमका सहजकर्ता माया घर्ति पुनको संचालन र फोकल पर्सन सरिता शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *