विश्व हिन्दु महासंघ बागलुङको अध्यक्षमा लामिछाने


आदर्श अनलाइन, बागलुङ

विश्व हिन्दु महासंघ बागलुङको जिल्ला अध्यक्षमा जब्बर बहादुर लामिछानेमा चयन हुनुभएको ।
शनिबार बागलुङ बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनबाट लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । यस्तै महासंघ बागलुङको बरिष्ठ उपाध्यक्षमा रमेश राजभण्डारी, उपाध्यक्षमा गौरी शंकर शुवेदी, उपाध्यक्ष चन्द्र प्रसाद सापकोटा र पार्वती शर्मा चयन हुनुभएको छ ।

यस्तै सचिवमा हरि प्रसाद उपाध्याय, सह–सचिव विष्णु प्रसाद सापकोटा, चुडामणी शर्मा र धनराज सापकोटा चयन हुनुभएको छ । समितिको कोषाध्यक्षमा टेक बहादुर क्षत्री चयन हुनुभएको हो ।

समितिको सदस्यमा सदस्यहरुमा इन्द्रराज पौडेल, देवि प्रसाद पाठक, विश्वनाथ रेग्मी, केशव बहादुर कार्की, पार्वती केसी, गम्भिरा घिमिरे, पुनम प्रसाद उपाध्याय, मेख बहादुर खत्री, नर बहादुर किसान, नरिस्वर शर्मा, भक्ति प्रसाद सापकोटा, विरेन्द्र पौडेल, श्रीधर कंडेल, टंक सापकोटा, छत्रनाथ शर्मा, ज्ञानेन्द्र राज गैरे, केन्द्र प्रसाद खनाल, मेघराज पाण्डे र कोपिला कंडेल चयन हुनुभएको छ ।
जिल्ला अधिवेशनको उद्घाटनपछि बोल्दै प्रमुख अतिथिले विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले हिन्दु धर्मसंग जोडिएको सबै संघ तथा संगठनहरुको छाता संगठन विश्व हिन्दु महासंघ रहेको बताउनुभयो ।

उहाँले हिन्दु धर्म जोगाउनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य ऋषिकेश जंग शाह, प्रदेश सदस्य पार्वती पौडेल, परमेश्वर अच्युत दात, विश्व हिन्दु महासंघ म्यादीका अध्यक्ष दण्डपानी शर्मा र केन्द्रिय सदस्य जग्गानाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष हरी प्रसाद गौतमको अध्यक्षता, विश्वनाथ रेग्मीको स्वागत तथा हरी प्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहसचिव गकास पौडेलले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *