शताब्दी घरको आगनमा ‘अरनिको’ पुस्तकमाथी विमर्श


खेमराज गौतम, बागलुङ

साहित्यकार गणेशकुमार जिसीद्वारा लिखित अरनिको एसिया एक प्रस्तावना पुस्ताकमाथी विमर्श भएको छ ।

कुश्मा कला परियोजनाको आयोजनामा माझगाउँ स्थित शताब्दी घरमा आयोजित पुस्तकमाथी विमर्श र लेखक तथा पाठकबीच संवाद गरिएको छ । कार्यक्रममा साहित्यकार इन्द्रमान खत्रीले लेखकले गम्भिर र मौलीक विषयमा कलम चलाएको र नयाँ पुस्ताले अरनिको विषयमा पढ्न र बुझन् पुस्तक गहकिलो सन्दर्भ सामाग्री हुने विचार व्यक्त गर्नुभयो ।

नेपालका ७९ जनाको कालिगढको नेतृत्व गरेर शुरुमा तिब्बतमा रहेको शाक्य गुम्बाको स्वर्ण चत्य र पछि मंगल सामाज्यका राजा कुब्लाईखानकोमा गएर अरनिकोले जुन कला प्रदर्शन गर्नुभएको थियो त्यसको गहिरो अनुसनधान गरेर लेखकले पुस्तकमा उतारेको साहित्यकार जिसीले बताउनुभयो ।

मध्यकालिन काठमाण्डौ उपत्यकामा जन्मेर राजा जयभीमदेवको पालामा सन् १२६१ मा तिब्बत र चीन गएर अरनिकोले भित्ते चित्र, चत्य, बौद्ध बिहार, दरबार र मन्दिर निर्माण गरी एसियाभरमा कलाको प्रसार गरेको पुस्तकमा लेखेकले मेहनतसाथ उतारेको साहित्यकार तथा नयाँ विश्वकका सम्पादक मुकेश राजभण्डारीले प्रकाश पार्नुभएको थियो ।

लेखक गणेशकुमार जिसीले अरनिकोको बारेमा धेरै सामाग्रीहरु खोज्दा बि.स २०४४ सलामा सत्यमोहन जोशीले प्रकाशन गरेको अरनिको जीवनी बाहेक अन्य प्रकाशन सामाग्री फेला नपारेपछि अरनिको बारेमा जान्ने र बुझ्ने हुटहुटीले लेखनयात्रा अगाढी बढाउदा पुस्तक यो रुपमा आएको अनुभव सुनाउनुभयो ।

अरनिको सामान्य कलाकार मात्र नभएर उनको कला यात्रा वृहत भएको, चित्रकला, बास्तुकला, मुर्तिकला तथा बैज्ञानिक समेत भएको हुनाले अरनिकोलाई हामिले वृहत रुपमा बुझुनु पर्ने र खोज्नुपर्ने बेला आएको लेखक जिसीले पुस्तक विमर्श कार्यक्रममा बताउनुभयो ।

अमेरिकन लेखक आनिजिङ आफ्नो अनुसनधान पत्रमा अरनिकोलाई ‘बुनिलेस्सी’, ‘माइकेलएन्जेलो’ र ‘लियोनार्दोदा भिन्ची’ संग तुलना गरेको हिसावले अरनिको प्रतिभा र योगदान अतुलनीय भएको पुस्तकलेख्ने क्रममा आफूले अनुभुती गरेको साहित्यकार जिसीले बताउनुभयो ।
२०३१ सालमा पर्वत जिल्लाको गिज्याङ गाउँमा जन्मनुभएका जिसीले नेपाली कला, शाहित्य, संस्कृति, इतिहास, पुरातत्व र अन्तरसांस्कृतिक अध्ययनमा रुची लिने श्रेष्टा हुनुहुन्छ । उहाँको अहिले सम्म चार वटा एकल प्रदर्शनी, देशविदेशमा गरी तीन दर्जन कला प्रदर्शनशी, २०६४ सालमा ‘अग्नि यात्रा कविता संग्रह’ र २०६८ सालमा ‘सीमान्त अक्षर’ संयुक्त कविता संग्रह प्रकाशित छन् ।

पुस्तक विमर्श कार्यक्रममा लेखक, साहित्य अनुरागी, कलाप्रेमीहरु र जिज्ञासु विद्यार्थीहरुले पुस्तक र लेखकसंग प्रश्न र जिज्ञासा राखेका थिए । तीन दशकदेखि शाहित्य क्षेत्रमा सम्लग्न जिसी हाल युर्निभर्सल कलेज काठमाण्डौको ललितकला विभागसंग आवद्ध हुनुहुन्छ ।

नेपाल लतिकला प्राज्ञ प्रतिष्ठानले प्रकाशित गरेको अरनीको एसिया एक प्रतावन पुस्ताकको १५५ पृष्ठको पुस्तक प्रकाशित छ । कार्यक्रम कुश्मा कला परियोजनाका अध्यक्ष आरके आदिप्त गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *