रोट्रयाक्ट क्लव अफ बागलुङको रोट्रयाक्ट सप्ताह शुरु, सप्ताहको पहिलो दिन रक्तदान

रोहन जि.सी, बागलुङ

रोट्रयाक्ट क्लव अफ बागलुङले प्रत्येक बर्ष जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रममा साथ रोट्रयाक्ट सप्ताह मनाउन शुरु गरेको छ ।

सामाजिक तथा युवाहरुको क्षमता र नेतृत्वमा सक्रिय क्लवले यस बर्ष पनि ७ दिन सात क्षेत्र भन्ने नाराका साथ बिभिन्न रचनात्मक कार्यक्रम सप्ताह मनाउन लागेको हो ।

कार्यक्रमको पहिलो दिन क्लवले राष्ट्रिय रुपमा संचालन गरेको स्वर्गिय सचिन कुमार श्रेष्ठको स्मृतिमा रोट्रयाक्ट क्लव अफ बागलुङ र पर्वतको सहकार्यमा रक्तदान कार्यक्रम गरि सप्ताहको शुभारम्भ गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै रोट्रयाक्ट जोन १७ का जेडआरआर ताराप्रसाद शर्माले रोट्रयाक्ट क्लव अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको रोटरीको कार्यक्रममा भारतको कलकत्ता जाने क्रममा बिरगञ्चमा भएको बस दुर्घटनामा परि निधन भएको स्मृतिमा देश व्यापी रुपमा रक्तदान गरिएको बताउनुभयो ।

रक्त संचार केन्द्रको प्रावधिक सहयोगमा सम्पन्न कार्यक्रममा २६ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक रेखा घर्तीले जानकारी दिनुभयो । कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा मगरको अध्यक्षता, मुल संयोजक सुस्मीता केसीको स्वागत र कार्यक्रम संयोजक रेखा घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *