सहकारीका सदस्यलाई गण्डकी मेडिकल कलेजमा छुट

आदर्श अनलाइन, पोखरा
भीरकोट पोखरा बहुउद्देश्य सहकारीका सेयर सदस्यले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिर्सच सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा छुट पाउने भएका छन् । हालै एक कार्यक्रमका बीच हस्पिटलका तर्फबाट प्राचार्य डा रविन्द्रप्रसाद श्रेष्ठ र सहकारीका अध्यक्ष टोलप्रसाद अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो ।

सम्झौता अनुसार सहकारीका सदस्यहरुले दर्तामा २०, बहिरंग सेवा (ल्याब, एक्सरे, इसीजी, युएसजी, सिटी स्क्यान, एमआरआई) मा १०, अन्तरंगमा १० रदन्त सेवामा १५ प्रतिशत छुट पाउने छन् । सहकारीले सेयर सदस्य र सेवाग्राहीलाई प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउन हस्पिटलका प्राचार्य डा. रविन्द्रमान श्रेष्ठले जानकारी दिनुुभयो ।
सहकारीका अध्यक्ष टोल प्रसाद आचार्यले सहकारीले आफ्ना सेयर सदस्यहरुलाई स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले गण्डकी मेडिकल कलेज संग सहकार्य गरेको बताउनुुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *