राष्ट्रियताको भावना युवा संघमा मात्रै छ : अध्यक्ष पौडेल


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले राष्ट्रियताको भावना युवा संघमा मात्रै रहेको बताउनुभयो ।

उहाँले युवाहरुलाई खण्डित गर्ने र निराशावादी साचतर्फ लैजाने प्रवृति देशमा हावी भएको भन्दै भष्ट्राचार, अनियमितता र कुशासन विरुद्ध अग्रसर हुँन आम युवालाई आग्रह गर्नुभयो ।

पौडेलले युवाहरुलाई उद्यम र रोजगारीमा लाग्न समेत सुझाव दिनुभएको छ । राजनीतिमा लाग्ने युवाहरु आफ्नै खुट्टामा उभिने भएमा मात्रै लक्ष्य प्राप्त गर्न सकिने भन्दै उहाँले युवाहरुलाई उत्पादनसँग जोडिएर परिवर्तनका पक्षमा खटिन आग्रह गर्नुभयो ।

पौडेलले युवाहरुले एक–अर्काको रिस र डाहा नभई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सबै युवाले एकै खालको व्यवसाय गर्ने, रोजगारीको क्षेत्रसमेत एकै खालको खोज्दा धेरै युवाहरु अवसर र सफलताबाट पछि परेको भन्दै पौडेलले नयाँ युगका युवाहरुसँग नविनतम सोँच हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल बागलुङ जिल्लाको १३ औं अधिबेशनलाई आईतबार बागलुङमा सम्बोधन गर्दै पौडेलले स्वार्थका लागि नेता र सुविधाका पछि पदलोभी नुहुँन आग्ह गनुृभयो ।

उहाँले राष्ट्र र राष्ट्रियता संकटमा परेका बेला युवाहरुले जस्तोसुकै कदम उठाउन सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावलले नेकपा एमालेको सुरक्षा कवच युवा संघ भएकाले पार्टीका सबै जनसंगठन आफ्ठेरोमा परेका बेला सहयोग गर्नु युवा संघको दायीत्व भएको बताउनुभयो ।

संघका महासचिव छितिज थेवेले युवाहरुका लागि आत्मासम्मान हुनेगरी आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहभागिताको खाँचो औलाउदै युवा संघ इतिहाँस बोकेको संगठन भएकाले पार्टी र संगठन दुवैमा नेताहरुको योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य गोविन्द बहादुर नेपाली, सल्लाहकार परिषद सदस्य नवराज पौडेल, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश इञ्चार्ज सम्पन्न श्रेष्ठ, प्रदेश अध्यक्ष महेन्द्र गुरुङ लगायतले बोलेका थिए । जिल्ला कमिटि अध्यक्ष बुद्ध बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्रिय सदस्य सुजन केसीले गरेका थिए । अधिबेशनमा जिल्लाभरीबाट दुईसय बढी प्रतिनिधि र पर्यवेक्षक सहभागि छन् । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *