सन्दर्भ स्ववियू निर्वाचन : नयाँ अनुहार तर पुरानै बिमार

रोहन जि.सी
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति आगामी चैत ५ गतेका लागि तय गरेको छ । २०७३ सालदेखि यता हुन नसकेको स्ववियु निर्वाचनको मिति तय भए पनि क्याम्पस प्रशासन वा विद्यार्थी संगठनहरुको आन्तरिक तयारी भने कमजोर देखिएको छ ।

विभिन्न दलका विद्यार्थी संगठनका आंकाक्षी उम्मेदवारहरु दिन रात कुरेर भए पनि पार्टी नेतृत्वसँग बसेको फोटो खिच्यो, जता गयो त्यतै मेरा दाई दिदी भाई बहिनी भन्यो । संगठनको नेतृत्व भेट्यो, मेरो दाइ र दिदी भन्दै दिनमा चार पटक सामाजिक सञ्जालमा फोटो हालेर बस्यो । टिकटका लागि विभिन्न तहका नेतालाई दिनमा चार पाँच पटक फोन गर्नेको कमी देखिन मैले । विद्यार्थीको मुद्दामा, विद्यार्थीको आन्दोलन, आवश्यकता, कठिनाई, समस्या बारे चुइक्क बोल्नु छैन । टियु र क्याम्पसहरुको लापरबाहीले लाखौं विद्यार्थीको भविष्य अन्योलमा छ, त्यतातिर मतलव छैन ।

विश्वविद्यालय वा क्याम्पस प्रशासनमा भईरहेका नैतिक होस् वा अनैतिक कार्य होस् नियाल्नु छैन । देशभरका विश्वविद्यालय वा क्याम्पसमा संगठनात्मक ढंगले बलियो रहेका संगठनहरु निर्वाचन गर्नुपर्छ भन्ने तर कमजोर रहेका संगठनले कसरी चुनाव हुन्छ म पनि हेर्छु भन्ने यो पुरानो प्रवृत्तिले संगठनको त खै तर विद्यार्थीको हक अधिकारका कुरा उठाउने ति तमाम आवाजलाई दवाएको मैले महसुस गरेको छु । यो समस्या भनौं कि राजनैतिक अस्थिरताको प्रभाव ? लोकतन्त्र भनेकै आफ्ना विचार, धारणा राख्नु हो, गलत कार्यमा आवाज उठाउनु हो, मर्यादित रुपमा विरोध प्रर्दशन गर्नु हो तर सामाजिक सञ्जालमा पोस्ट, कमेण्टमा लडेर विद्यार्थीको आन्दोलनमा केही परिवर्तन, फरक देखिदैन् सायद ! एक अर्काको कमी कमजोरी देख्ने ति सबै विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले मेहेनत गर्ने जेहेन्दार विद्यार्थीहरुको पढाई रोकिएको देख्नु छैन ।

वर्षभर नदेखिने अनि चुनाव नजिकिएको एक महिना अघि हो हल्ला गरि माहोल ल्याउनेहरु पनि देखिए । हैन भनेर मैले त अझ स्ववियु निर्वाचनलाई त यसरी नियाल्न पाए कि विभिन्न राजनीतिक दल उच्च तहमा रहेका नेता, कार्यकर्ता, जिम्मेवार पदमा रहेका जनताका प्रतिनिधिहरुलाई समेत विशेष चासोको विषय बन्ने रहेछ यो स्ववियू निर्वाचन । कहाँ के भयो, कुन क्याम्पसमा के छ माहोल भनेर चासो दिनुभन्दा एक पटक आफु अध्ययन गर्ने शैक्षिक संस्थामा विद्यार्थीहरु प्रति गरिने व्यवहार, उनीहरुका समस्या, विद्यार्थीका अधिकार कार्यान्वयन भए नभएको, सुविधाजनक वातावरणमा शिक्षा लिन पाए कि पाएनन् भनेर सबै विद्यार्थी संगठन एक भएर अघि बढ्दा कस्तो हुन्थ्यो होला ? निर्वाचन सम्म आफ्ना आफ्ना संगठनात्मक या व्यक्तिगत फरक विचार, सिद्धान्त हुनु स्वभाविक हो तर निर्वाचन सकिए पश्चात जित्ने पनि उनै विद्यार्थीका लागि अघि बढ्ने हो पराजित हुने पनि विद्यार्थीकै आन्दोलनमा सरिक हुने हो । पदका लागि हैन कि विद्यार्थीका लागि यो निर्वाचन तय गरिएको हो । विद्यार्थीको नेत्तृत्व तथा क्षमता विकासका लागि यो ठुलो मैदान हो जस्तो लाग्छ । हिजो स्ववियू निर्वाचनमा भाग लिएका अधिकांश नेताहरु आज सम्मानजनक पदमा रहेको देख्न पाईन्छ । हाम्रोलाई हैन राम्रोलाई अघि सार्दा कसो होला ?

युवा जनशक्तिलाई जिम्मेवार बनाउने, लोकतन्त्रमा अभ्यस्त बनाउने, शिक्षाको गुणस्तर माथि उठाउन योगदान गर्नका लागि थप जिम्मेवार र नेतृत्वदायी भूमिका पु¥याउने प्लेटफर्मका रुपमा रहेको स्ववियू निर्वाचन पछिल्लो समय राजनीतिक दलको अकमण्र्यताको शिकार बन्दै गएको छ । राजनीतिक दलहरुले जसरी आर्थिक सामाजिक सुधार भन्दा पनि दलीय स्वार्थ राखेर राजनीतिलाई विकृत बनाइरहेका छन्, त्यसको असर भोलीको मुलुक हाँक्ने विद्यार्थीहरुमा परिरहेको छ ।

विद्यार्थीहरुलाई आफ्नै लय र तालमा निर्वाचनमा होमिन दिनुको सट्टा दलहरुमा देखिएको अन्यौलताकै शिकार बनाउने प्रयत्नहरु भैरहेका छन् । यसलाई हटाउन जरुरी छ । स्ववियू निर्वाचनमा सहभागी भएर नेतृत्व गर्न खोज्ने विद्यार्थीहरुले पनि आफुहरुलाई विद्यार्थीका एजेण्डामा खरो उतार्ने, उनीहरुका समस्याको सारथी बन्ने, शिक्षाको गुणस्तर बढाउन योगदान गर्ने तर्फ पो ध्यान दिनु पर्ने हो । केवल निर्वाचनदेखि निर्वाचनसम्मका लागि मात्रै लाग्ने, चुनावको मुखैमा आएर नेताहरुको आड भरोसामा चुनाव लड्ने, जितेपछि पनि विद्यार्थीको हकहित भन्दा संगठनको बर्चस्व कसरी राख्ने ? स्ववियूको खर्च पर्चमा आफ्नो संगठन विस्तारमा लाग्ने प्रवृतिहरु त्याग्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *